सिभिल बैंकको एघार्रौ वार्षिकोत्सवको अवसरमा रक्तदान


महेन्द्रनगर : सिभिल बैंकको ११र्औ बार्षिकोत्सवको अवसरमा सिभिल र्बैक लिमिटेड महेन्द्रनगर शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विहान १० बजे आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका सबैकर्मचारी लगायत ११ जनाले रक्तदान गरेको सिभिल र्बैंक महेन्द्रनगर शाखाका प्रबन्धक निरज भट्टले जानकारी दिएका छन । उनका अनुसार बैंकले केन्द्रिय निर्देशन अनुसार महेन्द्रनगर शाखाले पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

शाखा कार्यालयले कार्यक्रममा केक काट्नुको साथै रक्तदान कार्यक्रमको आयोजना गरी बैंकको जन्मोत्सव मनाएको हो । सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव ९२ अर्व निक्षेप संकलन गरि करिव ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा २९ करोड १८ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।


ताजा समाचार

spot_img