माओबादी केन्द्रको दोधारा चाँदनीमा वडा सम्मेलन सम्पन्न : वडाको जिम्मेवार कस्को काँधमा

दोधारा । नेकपा माओवादी केन्द्रको दोधारा चाँदनी नगरपालिकामा वडा सम्मेलन सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको दशै वडामा वडा सम्मेलन मार्फत वडा पदाधिकारी चयन गर्ने कार्य सकिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जानकारी दिएका छन् । नेकपा माओवादी केन्द्रले राष्ट्रिय अधिवेशनको लागी दोधारा चाँदनीमा टोल सम्मेलन सहित वडा सम्मेलन मार्फत वडा कमिटिको नयाँ पदाधिकारी चयन गर्ने कार्य सकेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । वडा सम्मेलनको आज अन्तिम दिन दोधारा चाँदनी नगरपालिका वडा न.. ५ मा भब्यताको साथ वडा सम्मेलन सम्पन्न गरेको बताईएको छ् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, नेकपा माओबादी केन्द्र दोधारा चाँदनी ईन्चार्ज भरत भट्ट, नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमाल लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । वडा सम्मेलन मार्फत दोधारा चाँदनीमा नेकपा माओबादी केन्द्रका वडा अध्यक्षमा करन सुनार निर्विरोध चयन भएका छन् । यस्तै कमला सुनार उपाध्यक्ष, चन्द्र बस्नेत सचिव, ललिता खत्री सह–सचिव, सेते सुनार कोषाध्यक्षा पद गरि २९ सदस्यीय वडा कमिटि गठन भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीले जनाएको छ् । वडामा सर्वसम्मत चयन भएका सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना समेत प्रदान गरिएको छ् ।

आज आएर दोधारा चाँदनी नगरपालिकाका वडा नं. १ मा नरी लुहार, वडा नं. २ मा जानकी दमाई, वडा नं. ४ मा रोशन घटाल, वडा नं. ५ मा करन सुनार, वडा नं. ६ मा भिम बहादुर सुनार, वडा नं. ७ मा बिर बहादुर सुनार, वडा नं. ८ मा नन्द बहादुर सुनार, वडा नं. १० मा काशिराम सुनारको काँधमा वडा सम्हाल्ने जिम्मा पाएका छन् । दोधारा चाँदनी नगरपालिकामा टोल सम्मेलन तथा वडा सम्मेलन सकिए लगत्तै नेकपा माओबादी केन्द्र नगर स्तरिय सम्मलेनको तयारीमा जुटेको छ् ।

ताजा समाचार