एमाले–काँग्रेस छाडी माओवादीमा प्रवेस


कञ्चनपुर: कञ्चनपुर क्षेत्र नम्बर १का केही एमाले, काँग्रेसका नेताहरुले पार्टी परित्याग गर्दै माओवादीमा प्रवेस गरेका छन । काँग्रेस, एमालेले आफुहरुलाई प्रयोग र क्षेत्रीयता गरेर विभेद गरेको भन्दै माओवादीमा प्रवेस गरेका हुन । उनीहरुलाई शुक्रबार एक कार्यक्रमका विच पूनर्वासमा माओवादी केन्द्रीय सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरले माओवादी प्रवेस गरेकी हुन ।

माओवादी नेतृ एव पुर्वखानेपानीमन्त्रीका स्वकीय सचिव दिपक तिमिल्सेनाले काँग्रेस, एमाले सहितका युवा माओवादीमा प्रवेस गरेको बताए । एमाले पूनर्वासका नेता किशन चौधरी, ईश्वर बहादुर रावत र काँग्रेस बेलडाँडीका नेता सिद्धराज सोती सहितले माओवादी प्रवेस गरेका छन । उनीहरुलाई माओवादी नेतृ मगरले टिकाखादा लगाएर पार्टीमा स्वागत गरेका छिन । क्षेत्र नम्बर १मा माओवादीमा युवाको जनलहर बढ्दै गएको माओवादी केन्द्रले जनाएको छ ।


ताजा समाचार

spot_img