पूनर्वासमा माओवादी केन्द्रको वडा अधिवेशन जारी, विभिन्न पार्टीबाट माओवादीमा प्रवेस


पूनर्वास: कञ्चनपुरको पूनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन जारी रहेको छ । माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय अधिवेशनको तयारीका लागि माओवादी केन्द्रले पूनर्वासका विभिन्न वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ । बिहीबार पनि माओवादी केन्द्रले पूनर्वास नगरपालिका ५ र ९मा वडा अधिवेशन सम्पन्न गरेको छ ।

No description available.

माओवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिमिल्सेनाले पूनर्वासका अधिकाँस वडाहरुमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको बताए । उनका अनुसार ५को वडाध्यक्षमा भीम बहादुर पौडेल र ९को वडाध्यक्षमा राजन सुनार चयन भएका छन । पौडेल र सुनारको अध्यक्षतामा २९/२९ सदस्यीस्य वडा कमिटी विस्तार भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । कार्यक्रममा माओवादी केन्द्रकी नेत्रृ मगरले विभिन्न पार्टी परित्याग गरेर माओवादी प्रवेस गर्नेहरुलाई स्वागत गरेकी छिन । माओवादी केन्द्रले देश र जनताको हितमा काम गर्ने भन्दै स्वागत गरेकी हुन ।


ताजा समाचार

spot_img