कञ्चनपुर : नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगरपालिकामा वडा सम्मेलन निरन्तर जारी छ । बिहीबार माओवादी केन्द्रको शुक्लाफाँटा नगरपालिका ६ नम्बर वडामा सम्मेलन भएको हो । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक भट्टले शुक्लाफाँटा नगरका विभिन्न वडाहरुमा सम्मेलन जारी रहेको बताए । उनका अनुसार बाँकी रहेका वडाहरुमा सम्मेलन जारी रहेको छ ।


माओवादी केन्द्र शुक्लाफाँटा नगरपालिका ६ को वडाध्यक्षमा तेज बहादुर कुँवर चयन भएका छन । उपाध्यक्ष टीका चौधरी, सचिव सिजन सिह, सह सचिव मञ्जु ओड, कोषाध्यक्ष भवानी दत्त जोशी लगायत रहेका छन । माओवादी केन्द्रका नेता लोकेन्द्र ऐरी, नवराज ऐर, दुर्गा भट्ट, दिपक भट्ट, ईश्वर सुनार लगायतका नेता कार्यहरु सम्मेलनमा खटिएका छन ।







