माओवादी केन्द्र पूनर्वासको वडा सम्मेलन


कञ्चनपुर: नेकपा माओवादी केन्द्र पूनर्वासको वडा सम्मेलन जारी रहेको छ । माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय अधिवेशको तयारीका लागि पूनर्वासमा वडा सम्मेलन जारी रहेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले अधिकाँस वडाहरुमा सम्मेलन सम्पन्न भएको बताए ।

‘केही वडाहरुमा सम्मेलन हुन बाँकी छ, ‘उनले भने, ‘एकदुईदिन भित्रैवडा सम्मेलन सकेर नगर अधिवेशनमा जाँछौँ ।’ उनका अनुसार पूनर्वास नपा ४मा विश्वराज ढकाल, १० मा भीम तामाङ्ग, ११ मा सन्त बहादुर गोतामेको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार भएको छ । भने शुक्लाफाँटा नगरपालिका ३मा रेशम चौधरीको अध्यक्षमा वडा कमिटि विस्तार भएको छ । माओवादी केन्द्र कञ्चनपुरका अधिकाँस वडाहरुमा सम्मेलन सम्पन्न भएका छन ।


ताजा समाचार

spot_img