महेन्द्रनर: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी कञ्चनपुरको प्रथम जिल्लाको पूर्ण वैठकले बिभिन्न जिम्मेवारीहरु बाँडफाड गरको छ । नेकपा एकीकृत समाजवादीका जिल्ला उपससचिव राजेन्द्र पाण्डेयले जिल्लाका कार्य समिती सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको जानकारी दिएका छन् । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशनमा उल्लेख भए अनुसार जिम्मेवारी बाँडफाँट गरिएको उनले बताए । “नेकपा (एकीकृत समाजवादी) ले ३ महिना भित्र संगठन विस्तार अभियान थालेको छ ।” उनले भने, “पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।” प्रथम जिल्लाको पूर्ण वैठकले विधालय विभागमा जिल्ला पार्टी अध्यक्ष जिवन राज थापा, संगठन विभागमा सचिव हरक सिंह धामी, मजदुर किसान विभागमा उपाध्यक्ष रविन्द्र कुँवर, युवा विधार्थी विभागमा उपसचिव राजेन्द्र पाण्डेयलाई जिम्मेवारी दिईएको छ ।

यस्तै, मुक्ती समाज विभागमा उपसचिवमा आरपी शार्की, महिला विभागमा उपाध्यक्ष पूर्णा गुरुङ, कार्यालय सचिव तथा आर्थिक विभागमा प्रेमबहादुर सिंह, निर्वाचन क्षेत्र १ को ईन्चार्जमा लालबहादुर शाही, निर्वाचन क्षेत्र २ को ईन्चार्जमा आ।पी शार्की, र निर्वाचन क्षेत्र ३ को ईन्चार्जमा रविन्द्र कुँवरलाई जिम्मेवारी बाँडफाँड गरिएको उपसचिव पाण्डेयले जानकारी दिएका छन् । जिम्मेवारी बाँडफाँड भएसंगै सबै सदस्यहरुले केन्द्रिय कार्य समतिीको निदैशन अनूरुप ३ महिना भित्रै संगठन निर्माण गर्ने सर्कुलर जारी भएसंगै कार्य गर्न सहज हुने विस्वास लिएको जिल्ला पार्टी अध्यक्ष जिवनराज थापाले बताए । साथै सो पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ । ‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’अध्यक्ष माधवकुमार नेपालले २३ बुँदे अन्तरपार्टी निर्देशन (अपानी–२) जारी गर्दै निर्देशन दिएका छन् ।







