दोधारा । नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय अधिवेशनको तयारी स्वरुप दोधारा चाँदनी नगरपालिका वडा अधिवेशन जारी छ् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा नेकपा माओबादी केन्द्रको वडा सम्मेलन मार्फत भिम बहादुर सुनारको अध्यक्षतामा २९ सदस्यीय नेकपा माओबादी केन्द्रको वडा कमिटि चयन गरेको हो । सम्मेलनबाट भिम बहादुर सुनार अध्यक्ष, दान बहादुर उपाध्यक्ष, मनु सुनार सचिव, गिता सुनार, सहसचिव तथा गंगा नेपाली कोषाध्यक्ष रहेको २९ सदस्यीय वडा कमिटि गठन गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जनाएका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनी वडा नं. ६ का वडा सम्मेलनमा नेकपा माओबादी जिल्ला सल्लाहकार सदस्य धनलाल दमाई, नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका ईन्चार्ज भरत भट्ट, नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमाल, नगर सदस्य पर्शुराम सुनार, नगर सदस्य रतन बहादुर ओली लगाएत वडाका नेता तथा कार्यकर्ता तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । सम्मेलन मार्फत चयन भएका सबै वडा कमिटिलाई अबिर माला लगाएर कार्यकालको शुभकामना दिईएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । यस अघि माओवादी केन्द्र दोधारा चाँदनीका वडा नं. १, ८, १० मा वडा सम्मेलन सम्पन्न भई वडा कमिटि गठन भएको बताईएको छ् ।








