माओवादी केन्द्र बेदकोट नगरका वडा अधिवेशन जारी


कञ्चनपुर : नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका विभिन्न वडाहरुको अधिवेशन सम्पन्न भएका छन । मंगलबार पनि बेदकोट नगरका वडाहरुमा अधिवेशन सम्पन्न भएका हुन । माओवादी केन्द्र बेदकोट नगरका युवा नेता दान बहादुर बमले बेदकोट नगरका बाँकी वडाहरुमा अधिवेशन सम्पन्न भएको बताए । माओवादी बेदकोटका नेता बमका अनुसार बेदकोट नपा २, ४ र ७ मा वडा अधिवेशन सम्पन्न भएका छन । बदेकोट २ को वडाध्यक्षमा लक्ष्मी विक, उपाध्यक्ष हर्का बोहरा, सचिव अस्मिता धामी, सह सचिव दिपिका विष्ट, कोषाध्यक्ष डम्बरा ओड सहितका २९ सदस्यीय चयन भएका छन ।

बेदको ४को अध्यक्षमा प्रकाशचन्द्र भट्टको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार भएको छ । उपाध्यक्ष उत्तरे भुल, सचिव भक्तराज भट्ट, सह सचिव नन्दाबुचा मगर, कोषाध्यक्ष मनसरा धामी चयन भएको माओवादी बेदकोटका युवा नेता राजुराम सार्कीले बताए । राजुराम सार्की सहित १६ सदस्यीय नगर प्रतिनिधी समेत चयन गरिएको छ । बेदकोट नगरपालिका ७को वडाध्यक्षमा केशव राज पन्तको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार गरिएको छ । उपाध्यक्ष बिन्दु डगौरा, सचिव दिल बहादुर धामी, कोषाध्यक्ष हरिना देवी ऐर सहित २९ सदस्य वडा कमिटि विस्तार भएको छ ।

बेदकोटमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, प्रदेश सदस्य ओम विक्रम भाट(सरल),सिके भट्ट, डम्मर भाट(कञ्चन), बिरेन्द्र विष्ट, भीम भट्ट, लाल बहादुर परियार, कैलाशचन्द्र गिरी, दान बहादुर बम, मिनराज गिरी, प्रकासचन्द्र भट्ट सहितका नेताहरुको उपस्थस्थितमा वडा अधिवेशन भएका छन ।


ताजा समाचार

spot_img