माओवादी केन्द्र शुक्लाफाँटा नगरपालिका २को वडाध्यक्षमा धानुक


शुक्लाफाँटा : नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने महाधिवेशन अन्र्तरगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ मा पनि वडा अधिवेशन भएको छ । सोमबार माओवादी केन्द्र शुक्लाफाँटा नगरपालिका २को वडा अधिवेशन सम्पन्न भएको हो ।

शुक्लाफाँटाकी माओवादी नेतृ दुर्गा भट्ट (जोशी)ले धानुकको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार भएको बताईन । उनका अनुसार उपाध्यक्ष विष्ना डगौरा, सचिव राजेश नेपाली, कोषाध्यक्ष हर्क बहादुर बम, सह सचिव दिनेश डगौरा चयन भएका छन । माओवादी केन्द्र सुप प्रदेशका सदस्य एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्टको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रममा माओवादी नेता, लोकेन्द्र ऐरी, दुर्गा भट्ट(जोशी), शिवराज राज पनेरु सहितको उपस्थिति रहेको थियो ।


ताजा समाचार

spot_img