दोधारा चाँदनी एमालेमा चरम किचलो : समानान्तर नगर कमिटि गठन


दोधारा : नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटी गठनको क्रममा देखिएको विवाद चर्किदै गएको छ् । नेकपा एमालेको दोधारा चाँदनी नगर कमिटी गठनको क्रममा असन्तुष्ट पक्षले बहुमतद्धारा कमिटी गठन गरेको छ् । शनिवार अबेर साँझ किशोर कुमार लिम्बु नेतृत्व गरेको एमालेले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो । यस्तै हरिसिंह धनाडी नेतृत्वमा रहेको एमालले दोधारा चाँदनीले सुक्रवारनै सपथ ग्रहण कार्यक्रम सकेर बसेको हो । ‘सहमतीको नाउमा एकलौटी हिसाबले आफ्नो मान्छेलाई समेटेर नगर कमिटी गठन गरिएको’ भन्दै किशोर कुमार लिम्बु रहेको असन्तुष्ट पक्षले नगर कमिटि गतिविधिलाई तिव्रता दिएपछि एमाले भित्रको असन्तुष्टि छताछुल्ल बाहिर आएको हो । हरिसिंह धनाडी नेतृत्वमो नेकपा एमाले दोधारा चाँदनी गठन भएका केही दिनमै असन्तुष्ट किशोर लिम्बु पक्षले पनि एमाले नगर कमिटि गठन गरेको हो । हरिसिंह धनाडी नेतृत्वमा रहेको एमालेले सपथ ग्रहण कार्यमा थोरै ब्यक्तीहरुको उपस्थिी रहेपनि असन्तुष्ट पक्ष किशोर कुमार लिम्बु नेतृत्वमा रहेको एमाले नगर कमिटिमा नेता तथा कार्यकर्ताको बाक्लो जमात देखिएको छ् ।

‘पार्टी नेतृत्वले मनलाग्दो तरिकाले कार्यकर्तालाई राय, सल्लाह नलिएर आफ्ना मान्छे राखेर नगर कमिटी गठन गरेको थियो । हामीलाई यो स्विकार्य छैन,’ नेता किशोर कुमार लिम्बुले भने, – ‘यहाँका कार्यकर्ता साथीहरुको चाहना अनुसार रित पुर्वक नयाँ कमिटी बनाएका छौं ।’ जिल्ला नेतृत्वको विभेदकारी निर्णयको बिरोधमा एमाले नगर कमिटि बनाइएको उनले बताए । ‘पार्टी नेतृत्वले दोधारा चाँदनीमा रहेको एमाले कार्यकर्ताको कुरानै सुन्न चाहेन् । एकलौटी तरिकाले कार्यकर्ताहरुलाई किनारा लगाउदै प्रक्रियानै नपुऱ्याएर कमिटी गठन गरिएपछि हामी सबै कार्यकर्ताको राय लिएर मात्रै अर्को कमिटी बनाएका हौं,’ नेता लिम्बुले भने । किशोर कुमार लिम्बु नेतृत्व एमाले कमिटी घोषणा कार्यक्रममा ३९ जना सदस्य सहित दर्जनौं कार्यकर्ताको उपस्थिति रहेको नेता हर्क बहादुर थापाले बताएका छन् । किशोर कुमार लिम्बु नेतृत्व एमाले कमिटीले पार्टी सम्पर्क कार्यालय स्थापना संगै पार्टीको राजनितिक गतीबिधी अघि बढाउने कार्यक्रम रहेको नेता हर्क बहादुर थापाले बताएका छन् । किशोर कुमार लिम्बु नेतृत्व एमाले नगर कमिटिको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सह–सचिवमा सुनिता सुनार र पदम रावल रहेका छन् । दोधारा चाँदनी नगर कमिटीको अध्यक्षका लागि किशोर कुमार लिम्बु, ओम बस्नेत र हरिसिंह धनाडी आकांक्षी थिए ।

उनीहरु बिच सहमति नजुटे पछि हरीसिंह धनाडीको नेतृत्वमा नगर कमिटी गठन गरेको थियो । आकांक्षीको सहमतिमा धनाडीलाई अध्यक्ष बनाइएको हरिसिंह धनाडी नेतृत्वमा रहेको एमालेको दाबी रहेको छ् । तर, दोधारा चाँदनी नगर कमिटी अध्यक्षका प्रत्यासी लिम्बुले आफूलाई झुक्याएर नगर कमिटी बनाएको आरोप लगाएका छन् । लिम्बु दोधारा चाँदनीमा लामो समय देखि एमालेको संगठन निर्माण तथा बिस्तारमा सक्रिय युवा नेता हुन् । उनी वि.सं. २०६९ साल देखि उनि एमाले दोधारा चाँदनीको नेतृत्वमा छन् । नगर कमिटीका बहुमत सदस्यहरुले कमिटी अवैधानिक रुपमा गठन गरिएको भन्दै नेकपा एमाले (कञ्चनपुर)मा बदरका लागि निवेदन समेत दिएका थिए । अध्यक्ष र निर्वाचन मण्डलनै गठन नगरी एकलौटी ढंगबाट धनाडीको नेतृत्वमा नगर कमिटी गठन गरिएको लिम्बु पक्षको आरोप छ् । धनाडीको नेतृत्वको नगर कमिटीको उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्री चयन भएका थिए ।


ताजा समाचार

spot_img