कांग्रेसको क्षेत्रीय अधिवेशन आजः महाधिवेशन प्रतिनिधिमा कडा प्रतिस्पर्धाको संकेत

‘जता पनि प्यानलै प्यानल’


महेन्द्रनगर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कञ्चनपुरमा आज क्षेत्रीय अधिवेशन हुनगइरहेको छ । कञ्चनपुरका तीन आटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौटका लागि चिर्वाचन हुने पक्का भएको छ । एक क्षेत्रबाट २÷२ टिम प्रतिस्पर्धामा उभिएका छन् । संस्थापन पक्षका नेता रमेश लेखक र एनपी साउँद क्षेत्र नं. २ र ३ मा पर्दापछाडी बसेर प्यानल लडाउदैछन् । क्षेत्र नं. १ मा भने संस्थापन इतर दिवान सिंह बिष्ट हाबी हुँदा उनी संगै सस्थापन पक्षका नेता साउँदले साठगाठ गरि सयुक्त प्यानल खडा गरेका छन् । क्षेत्र नं. १ मा नेता बिष्ट र साउदको प्यानल संग नेता लेखकको एकल प्यानल प्रतिस्पर्धामा उभिएको छ ।

कञ्चनपुर क्षेत्र नं. ३ मा नेता लेखक निकट केशब बहादुर चन्द प्यानल हो भने एनपी निकट गणेश सिंह नेगी प्यानल हो । लेखक निकट प्यानलमा चन्द क्षेत्रीय सभापतिका उम्मेद्वार हुन् । सचिवमा उमेश प्रसाद जोशी र गंगा दत्त भट्ट, त्यसैगरी सह–सचिवमा अर्जुन दत्त भट्ट र खडक बहादुर बस्नेत उम्मेद्वार रहेका छन् । एनपी प्यानलबाट नेगी सभापतिका उम्मेद्वार हुन भने बलराम पन्त र शुसिला चन्द सिंह सचिव पदका उम्मेद्वार हुन् । त्यसैगरी बिकास श्रेष्ठ र धिरेन्द्र बहादुर गुरुङ्ग एनपी प्यानलबाट सह–सचिव पदका उम्मेद्वार रहेका छन् ।

क्षेत्र नं. २ मा नेता लेखकको प्यानलमा नवराज जोशी क्षेत्रीय सभापतिका उम्मेद्वार छन् । सचिव पदका लागि घनश्याम जोशी र नारायण बोहरा (बैद्य) उम्मेद्वार रहेको छन् । त्यसैगरी सह–सचिव पदकालागि लेखक प्यानलका उम्मेद्वार प्रदिप खड्का र जय बहादुर ऐर हुन् । क्षेत्र नं. २ मा एनपी प्यानलबाट लालबहादुर सिंह क्षेत्रीय सभापतिका उम्मेद्वार हुन भने गणेश बहादुर बिष्ट र थानेश्वर प्रसाद भट्ट सचिव पदका उम्मेद्वार हुन् । सह–सचिव पदका लागि एनपी प्यानलबाट रमेश प्रसाद भट्ट र काशिराम भट्ट उम्मेद्वार रहेका छन् । क्षेत्र नं. १ मा दिवान सिंह बिष्ट र एनपी साउदले सयुक्त प्यानल बनाएका छन् । क्षेत्र नं. १ मा नेता बिष्ट हाबी भएको हुँदा नेता साउदले पनि उनलाई नै समर्थन जनाउदै सयुक्त प्यानलको संज्ञा दिएको स्रोतले जनाएको छ । उक्र सयुक्त प्यानलबाट गोपी प्रसाद उपाध्याय सभापतिका उम्मेद्वार छन्, भने बिसराम राना र पदम बहादुर रोकाया सचिव पदका उम्मेद्वार हुन । त्यसैगरी सयुक्त प्यानलबाट सह–सचिवका उम्मेद्वार हर्क बहादुर बिष्ट (हार्दिक) र सुरेन्द्र राना रहेका छन् ।

त्यसैगरी नेता लेखकको प्यानलले क्षेत्र नं. १ मा एक्लै भिड्ने भएको छ । क्षेत्रीय सभापतिका उम्मेद्वार हरिचन्द ठकुरी रहेका छन्, भने सचिवमा बिर बहादुर राना र हरि प्रसाद भट्ट उम्मेद्वार छन् । त्यसैगरी लेखक प्यानलबाट सह–सचिवमा तिर्थराज उपाध्याय रजय बहादुर कुँवर उम्मेद्वार रहेका छन् ।कञ्चनपुरका तीन ओटै निर्वाचन क्षेत्रमा क्षेत्रीय उदाधिकारी उम्मेद्वारहरु बिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिका २४ जना चयन हुने विधानमा व्यवस्था गरिएको भएपनि कञ्चनपुरका प्रत्येक क्षेत्रबाट कम्तीमा ५०÷५० जना उम्मेद्वारहरु प्रतिस्पर्धामा उभिएका छन् ।


ताजा समाचार

spot_img