कञ्चनपुर: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पूनर्वास नगरपालिकामा वडा अधिवेशन निरन्तर जारी राखेको छ । शनिबारदेखि वडा अधिवेशन शुरु गरेको माओवादी केन्द्रले आइतबारपनि अधिवेशन जारी राखेको छ । माओवादी केन्द्रले पूनर्वासमा आइतबारपनि दुई वडा अधिवेशन गरेको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिमिल्सेनाले दोस्रो दिन दुई वडाको अधिवेशन भएको बताए ।

उनका अनुसार पूनर्वास नपा ३मा कमल मल्ल र ६मा कविराम तामाङ्गको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार भएका छन । भने भीमदत्त नगरपालिका १०मा पनि वडा सम्मेलन भएको छ । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका कार्यबहायक अध्यक्ष लोकराज जोशीले भीनपा २१०मा तेजेन्द्र ऐरको अध्यक्षमा २९सदस्यीय वडा कमिटि विस्तार भएको बताए । माओवादी केन्द्र कञ्चनपुरका सबै पालिकामा रहेका बाँकी वडा अधिवेशन निरन्तर जारी रहेका छन ।







