माओवादी केन्द्र बेलौरी नगरमा वडा अधिवेशन शुरु


कञ्चनपुर : नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय अधिवेशनको तयारी स्वरुप कञ्चनपुरमा समेत शनिबारदेखि वडा सम्मेलन शुरु भएका छन । शनिबार कञ्चनपुरको बेलौरी नगरमा पनि वडा सम्मेलन शुरु भएका हुन । नेकपा माओवादी केन्द्र प्रदेश सदस्य अमर चौधरी बेलौरीमा पहिलो दिन दुई वडामा सम्मेलन शुरु भएको बताए ।
उनका अनुसार २मा कान्छाराम चौधरी र ३मा जयराज चौधरीको अध्यक्षतामा २९/२९ सदस्यीय वडा कमिटि विस्तार भएका छन । वडा अधिवेशन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिम्लिसेनाले बाँकी वडाहरुमा क्रमिक रुपमा वडा भेला हुने बताए । बेलौरीमा माओवादी केन्द्रका नेता अमर चौधरी, मनोहर राना, पोतिलाल चौधरी सहितका नेता कार्यकर्ता वडा सम्मेलनमा जुटेका छन ।

ताजा समाचार

spot_img