आरक्षपीडितको पूर्नस्थापना गर्ने प्रतिबद्धता


कञ्चनपुर: कञ्चनपुरका राजनीतिक दल, जनप्रतिनिधीले आरक्षपीडितको पूर्नस्थापना गर्ने प्रतिबद्धता जोहर गरेका छन । आरक्षपीडित संघर्ष समितिले शनिबार ढक्का शिबिरमा आयोजना गरेको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधीले पीडितको पूर्नस्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका हुन । बेलडाँडी गाँउपालिका १वडाध्यक्ष समेत रहेका समाजवादीका नेता अम्मर खत्रीले पीडितको पूर्नस्थापनाका लागि स्थानीयदेखि केन्द्रसम्मका जनप्रतिनिधी जुट्नुपर्नेमा जोडदिएका थिए । ‘स्वयम म आफै पीडित पनि हुँ, ‘उनले भने, ‘पीडितको पूर्नस्थापनाका लागि पहल गरेको छु, अझै गर्छु ।’

कार्यक्रममा रुडुक नेपालकी महासचिव जोत्सना अधिकारी(साउद)ले पीडितका लागि आफ्नो तर्फबाट पहल गर्ने आशवासन दिनुभएको छ । नेकपा माओवादी केन्द्रका नेता एव संविधान सभा सदस्य टेकेन्द्र पं्रशाद भट्टले पीडितको हक अधिकारका लागि माओवादी केन्द्र लड्दै आएको बताए । उनले माओवादीले थुप्रै पटक पूर्नस्थापनाका लागि पहल गर्दा समेत सरकार फेरबदेलले समस्या निम्तिरहेको बताउँदै अहिलेको बाम लोकतान्त्रिक गठबन्धन सरकारका तर्फबाट आफुहरु सबैले पहल गर्नुपर्नेमा जोडदिए । कार्यक्रमका प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले काँग्रेसले समेत पीडितको पूूर्नस्थापनका लागि थुप्रै पटक पहल गरेको बताउदै उनले अहिले पनि बाम लोकतान्त्रिक सरकार भएकाले पहल गर्ने आश्वासन दिएका छन ।

उनले आफु मन्त्री हुँदा पनि पीडितको पूर्नस्थापनाका लागि ल्याएको प्याकेजमा एमालेले बिरोध गरेर रोकिएको बताए । कार्यक्रममा आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले सुरेन्द्र बम आयोगको प्रतिबेदन कार्यान्वयनमा जोडदिए । उनले आउँदो पुषमा आफुहरु जाँडोले कठ्याङदै मर्नुको विकल्प नभएकाले पूर्नस्थापनमा सरकार गम्भिर हुनुपर्नेमा जोडदिएका छन । ०५८सालमा सरकारले निकुञ्ज विस्तारका क्रममा उठाईएका पीडितको अझै पूर्नस्थापना भएको छैन ।


ताजा समाचार

spot_img