खडक बहादुर कोली/कञ्चनपुर: नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका १५को वडाध्यक्षमा भाष्कर केसी चयन भएका छन । शनिबार माओवादी केन्द्रको देशभर भएको वडा सम्मेलन अन्तरगत भीमदत्त नगरपालिका १५ मा भएको वडा सम्मेलनबाट भाष्कर केसीको अध्यक्षतामा २९सदस्यीय वडा कमिटि चयन भएको हो ।


उपाध्यक्ष धर्मानन्द भट्ट, सचिव अशोक सुनार, कोषाध्यक्ष अनिता चन्द सहित २९ सदस्यीय वडा कमिटि चयन गरिएको छ । नेकपा माओवादी केन्द्र भीनपा १५को वडाध्यक्षमा चयन भएका नव अध्यक्ष भाष्कर केसीले पार्टी र जनताको काममा जुट्ने बताएका छन । उनले पार्टीले जनताको हितका लागि अघि सारेका योजना अघि बढाउँदै पार्टीको हितका लागि काम गर्ने प्रण गरेका छन ।

केशव राज भट्टको अध्यक्षतामा बसेको भेलाले नयाँ समिती गठन गरेको थियो उक्त भेलामा प्रमुख अतिथी माओवादी केन्द्रका प्रदेश सदस्य कौशल्या ओझा, र अतिथीमा जिल्ला आयोजक सदस्य दशरथ भण्डारी र एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य रमा उपाध्याय रहनु भएको थियो । जसमा निर्वाचन मण्डलमा निर्वाचन अधिकृत टेक बहादुर चन्द रहेका थिए ।







