क्षेत्र नम्बर २(ख)मा पनि एनपी साउदकै प्यानल निर्वाचित


कञ्चनपुर: मंसिर नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुर क्षेत्र नम्बर २(ख)मा पनि एनपी साउदकै संयुक्त प्यानल निर्वाचित भएको छ । रमेश लेखक प्यानल हराउँदै सिङ्गो प्रदेशमा एनपी साउदकै प्यानल निर्वाचित भएको हो ।

एनपी प्यानलका करन सिह ऐरले रमेश लेखक प्यानलका भुवनराज पाण्डेलाई हराउँदै सिङ्गो प्यानल निर्वाचित भएको काँग्रेस क्षेत्र २का नेता पवन नेपालीले बताए । उनका अनुसार ऐरले पाण्डेलाई ५९ मतको अन्तरले हराउँदै प्रदेश सभापतिमा निर्वाचित भएका हुन । ऐरले १५९, पाण्डेले १सय मत ल्याएका थिए ।

उपसभापतिमा टिकाराम बोहरा, नर बहादुर कुँवर, सचिवमा दिपकराज बोहरा ।, ज्ञानेन्द्र प्रशाद जोशी, सह सचिवमा तोयराजव पन्त, हवल्दार चौधरी निर्वाचित भएका छन ।


ताजा समाचार

spot_img