कञ्चनपुर: छुट हलिया मुक्त समिति कञ्चनपुरका सचिव सहित १सय ९ जना हलियाले समाजवादी प्रवेस गरेका छन । नेकपा एकिकृत समाजवादी पार्टी भीमदत्त नगरको नगर भेला कार्यक्रममा छुट हलिया मुक्त समिति कञ्चनपुरका जिल्ला सचिव कृष्ण लुहार सहित १०९ जना छुट हलिया समाजवादीमा प्रवेस गरेका हुन । छुट मुक्त हलिया समितिका सचिव लुहार पुर्व एमाले नेता हुन ।

उनले एमालेमा गरिब, दलित, जनजातिलाई अघि बढ्न नदिएकाले समाजवादीमा प्रवेस गरेको बताए । ‘छुट मुक्त हलियालाई अघि बढ्न नदिने आएको बजेट पनि फ्रिज गर्ने जस्ता अमानविय काम भए, ‘उनले भने, ‘त्यसै्रले समाजवादीमा प्रवेस गरेको हुुँ ।’ उनले भावि दिनमा उपाध्यक्ष, अध्यक्ष सहित बाँकी सबैलाई समाजवादीमा प्रवेस गराउने बताए । छुट हलिया मुक्त समिति कञ्चनपुरले समाजिक विकासमन्त्री लाल बहादुर खडकालाई पूर्नस्थानपनाको माग अघि सारेर ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एकिकृत समाजवादी कञ्चनपुरका सचिव हरकसिह धामीले मुक्त हलिया सहित एमाले लगायतका विभिन्न पार्टी परित्याग गरेर समाजवादीमा प्रवेस गरेको बताए । ‘हाम्रो समाजवादी पार्टीमा एमाले सहितका नेता कार्यकर्ता प्रवेस गरेका छन, ‘उनले भने, ‘समाजवादी पार्टी जनताको पार्टी हो, त्यसैले हाम्रो पार्टीमा जनलहर बढ्दै गएको छ ।’







