समाजवादी पार्टी भीमदत्त नगरको अध्यक्षमा सेराला


कञ्चनपुर : नेकपा एकिकृत समाजवादी पार्टी भीमदत्त नगरको अध्यक्षमा मदन सेराला चयन भएका छन । बुधबार समाजवादी भीमदत्त नगरको भेलाले सेराला नेतृत्वमा नगर कार्य समिति चयन गरेको हो । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता ईन्द्रसिह ठगुन्नाले समाजवादी नगरको भव्यताका साथ नगर भेला सम्पन्न भएको बताए ।

उनका अनुसार उपाध्यक्ष बिश्राम चन्द, डम्बर महरा, सचिव धर्मसिह महरा, उप सचिव सुरेश धामी, ईन्द्र सिह ठगुन्ना, लक्ष्मी धामी, कार्यालय सचिव राजेन्द्र गिरी, सहितका १ सय १ सदस्य नगर कमिटि विस्तार गरिएको छ ।
एकिकृत समाजवादी भीमदत्त नगरका तत्तकालिन संयोजक प्रताव तिरुवाको अध्यक्षतामा एव नेकपा एकिकृत सुप प्रदेशका इन्चार्ज गरिमा शाहको प्रमुख आथित्यमा भएको कार्यक्रममा समाजवादीका स्थानीय कमिटि सदस्य उर्वादत्त पन्त, प्रदेश अध्यक्ष बिक्रम शाही, जिल्ला इन्चार्ज लाल बहादुर खडका, नेकपा एकिकृतका केन्द्रीय सदस्य तथा कञ्चनपुर सह ईन्चार्ज एवं पुर्व प्रदेश राज्यमन्त्री तथा नेता प्रकास रावल, जिल्ला सचिव हरक सिह धामी सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

समाजवादीका युवा नेता पञ्जवल कुवरले समाजवादी पार्टीमा युवाहरुको आर्कषण बढदैं गएको बताए ।


ताजा समाचार

spot_img