दोधारा । अन्ताजी वर्ष १५ का आफ्नो नाउ भन्न नसक्ने एक बालक भारतिय प्रहरीले फेला पारेका छन् । आफ्नो घर नेपाल हो भन्ने संकेत गर्ने अन्ताजी वर्ष १५ का बालकलाई भारतको उत्तराखण्ड खटिमामा रहेको प्रयाग बाल अनाथलयमा बस्दै आएका छन् । भारतिय प्रहरीले भारतको उत्तराखण्ड खटिमामा भौतरिरहेको अवस्थामा बालकलाई भेटेका थिए । भारतिय प्रहरीले उक्त बालकलाई भारतको उत्तराखण्ड खटिमामा रहेको प्रयाग बाल अनाथलयमा बुझाएको भारतको उत्तराखण्ड खटिमामा रहेको प्रयाग बाल अनाथलयका प्रतिनिधी संदिप थापाले बताएका छन् । बालक बोल्न र लेख्न नसक्ने अवस्थामा रहेको हुदा पहिचान गर्न समस्या भएको दोधारा चाँदनी नगरपालिका स्थित रहेको बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्ण राज भट्टले बताएका छन् । बालकलाई भारतको उत्तराखण्ड खटिमामा रहेको प्रयाग बाल अनाथलयको निगरानीमा रहेको र बालकको आफन्तको खाजी कार्य भईरहेको बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्ण राज भट्टको भनाई रहेको छ् । बालक नेपाली भएको संकेत पाएपछि प्रयाग बाल अनाथलयका प्रतिनिधी संदिप थापाले बाबाथान प्रहरी संग समन्वय गरेको हो ।







