अखिल नेपाल निर्माण मजदुर संघको प्रथम नगर भेला सम्पन्न


खडक ब. कोली/कञ्चनपुर : अखिल नेपाल निर्माण मजदुर संघको प्रथम नगर भेला सम्पन्न भएको छ ।भीमदत्तनगरपालिका स्थिीत अखिल नेपाल निर्माण मजदुर संघको प्रथम नगर भेला भव्यताका साथ सम्पन्न भएको छ । रमेश लुहारको अध्यक्षतामा २७ सदस्यीय नगर समिति , गठन भएको छ, जसमा उपाध्यक्ष सुमन खुना, सचिव गोपाल भण्डारी, सह सचिव रोशन दमाई, कोषाध्यक्ष सिता सेराला लगायत २२ सदस्यीय चयन भएका छन् ।

कार्यक्रम अखिल नेपाल निर्माण मजुदर संघका जिल्ला अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको थियो, प्रमुख अतिथीमा महासंघका प्रदेश उपाध्यक्ष कञ्चनपुर ईन्चार्ज पदम राज जोशी, विशिष्टि अतिथीमा माओवादी केन्द्रका जिल्ला समिति सदस्य आनन्द सिह धामी रहेका थिए । नवनिर्वाचित अध्यक्ष रमेश लुहारलृे आफु सधै मजदुरको हक हितको लागि काम गर्ने र मजदुरको उचित माँगको लागि आफु कहिले पछि नपर्ने बताउनु भयो ।

अखिल नेपाल निर्माण मजदुर संघले सधै मजदुरहरुको हक हितको लागि लडेको र आगामी दिनमा पनि लड्ने सकुम्वासी संघका प्रदेश सदस्य राज नेपालीले बताए ‘सबै मजदुर, सुकम्वासीहरुलाई एक ढिक्का गरी लैजानुको साथै केही दिन अगाडि अखिल सुकुम्वासी संघको नगर भेला बाट इन्द्र कामीको अध्यक्षतामा नगर कमिटी गठन भएको थियो जसले मजदुर, सुकुम्वासीको हितको लागि सधै लडने नेपालीले बताए ।


ताजा समाचार

spot_img