कैलाली: विप्लव निकट श्रमिक समुदाय मोर्चा नेपालको अध्यक्षमा रामलाल विक चयन भएका छन । विकको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय कमिटि विस्तार गरिएको छ । कैलालीको धनगढीमा विप्लव निकट श्रमिक समुदाय मोर्चा नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विक चयन भएका हुन ।

उपाध्यक्ष जितेन्द्र महरा, महासचिव त्रिलोचन विक, कोषाध्यक्ष जानकी बराह, सह सचिव उमेश सिके, राम कुमार पासवान रहेका छन । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सदस्यमा कञ्चनपुरबाट सीनामा रहेकी छिन ।

नेकपा विप्लव कञ्चनपुरका सचिव रमेश परियार(जिवन)ले सहमतीय आधारमा मोर्चाको नाम र कार्य समिति चयन भएको बताए । ‘यस पटक ऐतिहासिक काम भएको छ, ‘उनले भने, ‘संगठनको नाम नै परिर्वतन गरिएको छ ।’







