प्रदेशमा मानव अधिकार रक्षक विधेयक आउँदै


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा मानव अधिकार रक्षक सम्बन्धी विधेयक निर्माण भएको छ । प्रदेशमा रहेका नागरिकको मानव अधिकार सरक्षण सम्र्बद्धनका लागि विधेयक आउन लागेको हो । ईन्सेकले सोमबार महेन्द्रनगरमा गरेको ‘मानव अधिकार रक्षकको अवस्था र सुरक्षा सवाल विषयमा आयोजित छलफल कार्यक्रममा ईन्सेक सुदूरपश्चिमका संयोजक खडक राज जोशीले प्रदेश मानव अधिकार रक्षक विधेयक ०७८ आउन लागेको बताए ।

उनले विधेयकका लागि ड्राप्ट बनिसकेकाले बताए । उनले निर्माण भएको ड्राफ्टमाथि जिल्ला जिल्लामा छलफल भईरहेको बताए । ‘प्रदेशको मानव अधिकार रक्षक विधेयकले मानव अधिकार रक्षक परिषद्को परिकल्पना गरेको छ, ‘उनले भने, ‘यो खर्चालु छैन, केबल सहजिकरण गर्ने एक समिति मात्रै हो ।’ विधेयक विषयमा प्रदेश सरकारसंग समेत छलफल भएको उनले बताए । कार्यक्रममा कञ्चनपुरका मानव अधिकार रक्षक तथा अभियन्ताले प्रदेशमा बन्ने मानव अधिकार रक्षक विधेयक संशोधन गर्दै थप प्रभावकारी बनाउनुपर्नेमा जोडदिए ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहरण गरेका मानव अधिकार रक्षक सञ्जाल कञ्चनपुरका अध्यक्ष एव अधिवक्ता उद्धव भट्टले मानव अधिकारका लागि विधेयक प्रभावकारी भएको बताउँदै मानव अधिकार कार्यान्वयनका लागि ह्दयदेखि नै सम्बन्धीत पक्षले काम गर्नुपर्नेमा जोडदिए । ईन्सेक कञ्चनपुरका प्रतिनिधी लिलि कुँवरले संचालन गरेको कार्यक्रममा विभिन्न संघ संस्था अधिकारकर्मीको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img