दोधारा । दोधारा चाँदनीमा ब्यक्तीगत लगानीमा ब्यायामशाला संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा सिघंम एण्ड रिसर्भ ब्यायामशालाको आज बिधिवतरुपमा उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी रामसिंह खड्को ब्यक्तीगत लगानीमा अत्याधुनिक ब्यायामशालाको उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रममा नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बु, नेकपा माओबादीका रतन बहादुर ओली, ईन्द्र बहादु रावत, नेकपा एमालेका चन्द्र सिंह धामी, खिमा चन्द, हरिसिंह धनाडी, हर्क बहादुर थापा लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो । राष्ट्रिय आधारभुत बिद्यालयको नजिक पक्की भवनमा सुबिद्या सम्पन्न ब्यायामशाला आज देखि संचालनमा ल्याईएको हो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमै पहिलो सुबिद्या सम्पन्न ब्यायामशालामा एब्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टर लगायत हरेक उमेर समूहका व्यक्तिले प्रयोग गर्न सक्ने उपकरण राखिएको छ् । व्यायामशालाको उपभोगबाट स्वस्थ्य रहन सहयोग पुग्ने हुनाले उद्देश्यले स्थापित गरिएको सिघंम एण्ड रिसर्भ ब्यायामशालाका संचालक रामसिंह खड्काले बताएका छन् । व्यायामशाला स्थापनाबाट यस क्षेत्रका ज्येष्ठ नागरिक तथा युवा युवतीलाई स्वास्थ्य प्रति सचेत राख्न उद्धेश्यले आफुले सिघंम एण्ड रिसर्भ ब्यायामशाला संचालनमा ल्याएको संचालक खड्काले बताएका छन् । उद्धघाटन कार्यक्रममा नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले सबै उमेरकाहरुलाई स्वास्थ्यको ख्याल गर्न आवश्यक रहेको खण्डमा दोधारा चाँदनी नगर क्षेत्रमै पहिलो पटक संचालनमा आएको सिघंम एण्ड रिसर्भ ब्यायामशालाले स्वास्थ्य बनाउन सघाउ पुग्ने बिश्वास लिएका बताएका छन् । सबै भन्दा बढी युवाहरु कुलतमा लाग्ने भएको हुदा उनिहरुलाई कुलतबाट टाढा राख्न सिघंम एण्ड रिसर्भ ब्यायामशालाले सघाउ पुग्ने बताएका छन् । कार्यक्रममा उपस्थित अतिथीहरुले नगर क्षेत्रमै पहिलो पटक ब्यायामशाला संचालनमा आउको खुशी प्रकट गर्दै संचालक रामसिंह खड्काको यो सामाजिक कार्य समेत भएको भन्दै प्रशंसा समेत गरेका थिए ।







