जसपा पूनर्वासको अध्यक्षमा पाख्रीन


कञ्चनपुर : जनता समाजवादी पार्टी पूनर्वासको अध्यक्षमा भीम बहादुर तामाङ्ग(पाख्रीन) चयन भएका छन । आइतबार जसपा पूनर्वासको भेलाले अध्यक्षमा पाख्रीनलाई चयन गरेको हो । जसपा कञ्चनपुरका नेता अमर विष्टले सहमतीय आधारमा जसपा पूनर्वास नगर कमिटि विस्तार गरिएको बताए ।
उनका अनुसार सचिव गोपाल पन्त, सह सचिव टिका शाही रहेका छन । भने सदस्य तथा रितीका शाही, चन्द्रा विश्वकर्मा, पदम थापा, पदम ब. चन्द, सागर तामाङ्ग। गैरे तामाङ्ग, राजु चन्द, राम प्रशाद न्यौपाने, दिल ब. सिह, दिपा बोहरा, जमुना कठायत रहेको बुझिन्छ । जसपा सुप प्रदेश अध्यक्ष कृष्ण चौधरी, जसपा नेतृ माया नेगी सहितका नेता कार्यकर्ताको उपस्थितिमा जसपा पूनर्वास नगर समिति चयन गरिएको हो ।

ताजा समाचार

spot_img