दोधारा । दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त बिद्यालयमा पठन पाठनमा समस्या देखा परेको छ् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका वडा नं. १० का अधिकांश बस्तीमा नदीमा डुबेपछि बिद्यार्थीहरुको कापी कलम, पोशाक नदीले बगाएपछि अधिकांश बिद्यार्थीहरुको रित्तै बिद्यालयमा आउन बाध्य भएका छन् । बाढीको कारण बिद्यार्थीहरुको बिद्यालय पोशाक, किताब कापी लगाएत सामग्री बाढीले बगाएपछि पठन पाठनमा समस्या आएको ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक टंकलाल जोशीले बताएका छन् । बाढीको कारण बिद्यालयको सेवा क्षेत्र रहेको बस्ती कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, प्रधान टोल, शान्ती टोलका स्थानियहरुको घरमा बाढीले सबैथोक बगाएपछि बिद्यार्थीहरु बिद्यालय आउदा रित्तो हात आउने गरेको ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक टंकलाल जोशी बताउछन् । बिद्यालयमा रहेका पुराना किताव समेत बाढीले नष्ट गरेपछि बिद्यालयले बिद्यार्थीहरुलाई किताब समेत उपलब्ध गराउन असमर्थ रहेको बिद्यालय प्रशासनले जनाएको छ् । दोधारा चाँदनीको बाढी ग्रस्त क्षेत्रमा रहेको ओंमकार आधारभुत बिद्यालयको कक्षा ७ मा अध्यन् गर्दै आएका प्रभात सुनारले बाढीको कारण घरमा भएको सबैथोक बगेपछि रित्तै बिद्यालयमा आउन बाध्य भएको बताउछन् । ‘बाढीले रातीनै घमेरो कापी किताब पनि बगायो’ बिद्यार्थी प्रभात सुनारले भनिन् । बिद्यालयका अनुसार झण्डै ६० प्रतिशत बिद्यार्थीहरु पुस्तक बिना बिद्यालय आउने गरेका छन् । अभिभावक मोहन सुनारका अनुसार बाढीले नानीहरुको किताबहरु समेत बगाएको हुदा पठनपाठनमा समस्या आएको बताउछन् । यस्तै बाढीले कुतियावकर बस्तीमा रहेको बालबिकास केन्द्रको भत्काएपछि स–साना नानीहरुले पढ्दै आएको कक्षा समेत ठप्प भएको स्थानियहरुले बताएका छन् ।








