पूर्वानुमानमा आधारित पुर्व कार्य सिकाई कार्यशाला गोष्ठी आयोजना


कञ्चनपुर : लालझाडी गाउँपालिकाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजना अन्र्तगत बिहीवार झलारीमा पूर्वानुमानमा आधारित एक दिवशीय पुर्व कार्य सिकाई कार्यशाला गोष्ठीको आयोजना गरियो । गोष्ठिका सहभागीहरुलाई विपद पोर्टल र सरकार द्धारा तय गरिएका मान्यता सम्बन्धी जानकारी दिने कार्य गरिएको छ । पूर्वानुमान मोडलिङ्ग र भएका गतिविधि, पूर्वानुमानमा आधारित पूर्व कार्य अन्र्तगत गरिएका गतिविधिहरु संगै यस सम्बन्धी उपलव्धी चुनौती तथा अवसरहरु र गतिविधिहरुबाट प्राप्त सिकाई बारे विज्ञहरु द्धारा जानकारी दिने कार्य गरिएको छ ।

No description available.

कार्यक्रम सञ्चालनका लागि आगामी दिनका लागि सुझाव संकलनको कार्य संगै पूर्वानुमानमा आधारित पूर्वकार्य अन्र्तगत गरिएका गतिविधिहरुको समिक्षा समेत गरिएको एमरेड परियोजनाका कञ्चनपुर संयोजक महेश घिमिरेले जानकारी दिए । गोष्ठिमा बोल्दै नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापती टेकराज उप्रेतीले परियोजना अन्र्तगत सञ्चालन गरिएका कार्यक्रम नगरपालिका, गाउँपालिका संग साझेदारीका आधारमा सञ्चालन हुदै आएको बताए । गोष्ठिमा आएका सुझावलाई आगामी कार्यक्रममा समावेश गरिदै लैजाने उनले बताए । एमरेड परियोजनाका कार्यक्रम निर्देशक चेत बहादुर तामाङ्गले लालझाडी गाउँँपालिकामा सञ्चालन गरिएको कार्यक्रम विपदका क्षेत्रमा कार्य गर्नेहरुका लागि नौलो भएको बताए ।

लालझाडी गाउँपालिमा सञ्चालित कार्यक्रम अरुका लागि सिक्ने अवसरका रुपमा रहेको उनले बताए । प्रकोपबाट प्रभावित हुन सक्ने व्यक्तिहरुलाई प्रकोप आउन अगाडीनै सात दिन सम्म पुग्ने खाद्यान्न, औषधी लगायतका लागि रकमको व्यवस्था गरिएको उनले बताए । यस कार्यक्रमबाट धेरै परिवार लाभान्वीत भएको उनको भनाई थियो । लालझाडी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराम चौधरीले विपदमा परेका परिवारका लागि कार्यक्रम निकै लाभदायी रहेको बताए । गोष्ठिमा लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायक उपाध्यक्ष सत्यदेवी महरा, गाउँपालिकाको वडा नं १,२,३ र४ का वडा अध्यक्ष, एमरेड परियोजना प्रबन्धक शुशिला पण्डीत, सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारी र बैंक प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।


ताजा समाचार

spot_img