छठको रौनक कञ्चनपुरमा पनि


कञ्चनपुर : आज छठ पर्व देशभरमा धुमधामका साथ मनाइदैछ । त्यसै क्रममा कञ्चनपुरमा पनि धुमधामका साथ मनाउनृ तयारी चलिरहेको छ । भीनपा–६ ऐठपुर स्थित मुल नहरको डिलमा मधेशी समुदायका दाजुभाई, दिदि बहीनीहरुले छठ पर्व मनाउने गरेका छन् । हरेक वर्ष मनाउदै आएको पर्व यस वर्ष पनि सोही स्थानमा मनाउने तयारी गरी रहेका छन् आज बेलुका सुर्य डुब्ने बेलामा पुजा गर्ने र रातभरी जाग्रम बसी भोली विहान सुर्योदयको समयमा अर्घ दिने गर्दैछन् ।

No description available.

छठ पर्वमा देवीको पुजा गरीन्छ जसलाई छठी मैयाको रुपमा लिइन्छ । लड्डु, भुजुवा, ठकुवा, फलफुल चढाई छठी मैयाको पुजा गर्ने चल्न छ जसले गर्दा परिवारमा शुख, शान्ति, सन्तानको दिर्घआयु प्राप्त हुनुको साथै मनले चाहेको छटी मैयाले पुरा गर्ने विश्वसाका साथ पुजा आज गरीन्छ । छठी मैयाको पुजा पुरुष महिला दुवैले गरे पनि सुर्यलाई अर्घ दिने कार्य भने महिलाले मात्र गर्दछन् । चार दिन कठोर वर्त बसी मैयाको पुजा गरीन्छ यस समयमा पुजा गर्ने महिला पुरुषले नुन सेवन गर्दैनन् भने खिर खाने गर्दछन् । यसरी हरेका दिपावली पछि षष्ठीको दिन मनाइने छर्ठ पर्व मदेशी समुदायको ठुलो चाड पर्वको रुपमा लिने गरीन्छ ।

No description available.

राम सोगारथ ठाकुरले स्थानीय सरकारले आफुहरुलाई मधेशी भनेर हेला गरेको बताउछन् । ‘हामीहरुले हरेका वर्ष छठ पर्व धुमधामका साथ मनाउने गर्दछौं, हरेक वर्ष यही भीनपा–६, ऐठपुरमा रहेको मुल नहरमा मनाउने गर्दछौं, तर पटक पटक भीमदत्तनगरपालिकामा आफु गई उक्त स्थानमा पुजा गर्न लायक बनाउन र त्यहाँ रहेको झाँडी सरसफाई गर्न साधन उपलब्ध गराउन अनुरोध गर्दा पनि आफुहरुको माँगमा कुनै सुनावाई नभएको ठाकुरले बताए ।

No description available.

भीमदत्तनगरपालिका ६ का वडा अध्याक्ष हरक सिह धामीले उक्त स्थानमा छठ पर्वको लागि पुजा गर्न सहज हुने किसिमको स्थान निर्माणका लागि वडाको तर्फ बाट कार्यापालिकामा योजना सिफारिस गरी सकेको बताए । उक्त विषयमा गत वर्ष भीमदत्तनगरपालिकाका नगर प्रमुख र उप प्रमुखले छठ पर्वको उद्दघाटन गर्दै उक्त स्थानलाई निर्माण गर्ने घोषण गरेको तर योजनामा किन पार्न खेजेनन् आफुलाई थाहा नभएको धामीले बताए । भीमदत्तनगरपालिकाका सूचना अधिकारी तथा प्रशाशकिय अधिकारी हरी सिह धामीले आफुले वार्षिक रुपमै उक्त स्थानमा छठ पर्वको पुर्व सन्ध्यामा सरसफाई नगरपालिकाले नै गरेको दावि गरे योजनाको विषयमा भने कार्यालयले योजना तयार गरी अघि बढाउने बताए ।


ताजा समाचार

spot_img