भैलोबाट उठेको रकमको केही अंशबाट अनाथालयमा फलफुल वितरण


कञ्चनपुर : लक्ष्मी माध्यमिक विद्यालय बागफाँटाका शिक्षक, विद्यार्थीहरुले लक्ष्मी बाल क्लबबाट तिहारको उपलक्ष्यमा भैलो खेली उठाएको रकमको केही अंशबाट समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बाल बालिकाहरुलाई फलफुल वितरण गरेका छन् । बाल क्लबबाट भैलो खेली रु. २२ हजार २ सय ३८ जम्मा गर्न सफल भएका थिए । जसमध्ये केही रकम छठ पर्वको उपलक्ष्यमा अनाथालयमा रहेका बालबालिकालाई फलफुल (स्याउ, केरा, सुन्तला) वितरण गरेका छन् भने बाँकी रहेको पैसाले विद्यार्थीहरुलाई नमूना विद्यालयको भम्रण गराउने प्रधानाध्यापक प्रमानन्द नाथले बताउनु भयो ।

No description available.

लक्ष्मी बाल क्लबकी उपाध्यक्ष कविता अवस्थीले नयाँ प्रधानाध्यापक नाथ सर आए पछि पढाई पहिलेको भन्दा राम्रो भएको बताईन् उनले भनिन् ‘अहिले स्कुलमा पुरा पिरियड पढाई हुनुको साथै अतिरिक्त क्रियाकलाप पनि विद्यालयमा सञ्चालन भई रहेको छ जसले पढाईको साथ साथै बोद्धिक विकासमा पनि मद्दत गरेको छ ।’प्रधानाध्यापक नाथले ‘विद्यालय सुधारको लागि आफुले सक्दो सबै प्रयत्न गर्ने गरीबका बाल बच्चा पढने हुनाले विद्यालयलाई राजनैतिक स्थाल नबनाई सबै वर्गका बच्चाहरुले पढ्ने र सिक्ने वातावरण बनाउने बताउनु भयो’ अहिले २३० जना विद्यार्थी रहेको लक्ष्मी माध्यमिक विद्यालयलाई आगमी दिनमा ५०० विद्यार्थी बनाउने बताउनु भयो ।

No description available.

फलफुल वितरण कार्यक्रममा विद्यालयका प्रअ परमानन्द नाथ, सहायक प्रअ, प्रेम प्रकाश जोशी, शिक्षक रामदत्त विष्ट, भवानसिह भण्डारी, हरी कुमारी पाण्डेय, ज्योति बोहरा, गीता बम, लक्ष्मी बम, लेखापाल तेजराज जोशी लगायत विद्यार्थीहरुको उपस्थितीमा समाज कल्याण बाल अनाथलयमा फलफुल वितरण गरिएको थियो ।


ताजा समाचार

spot_img