कञ्चनपुर : फोहरमैला ब्यबस्थापन कार्यमा संलग्न कर्मचारीहरुलाई पेशागत स्वास्थ्य सुरक्षा (ओएचएस) तथा कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसा सम्बन्धि चेतना अभिवृद्धि गरि फोहरमैला व्यवस्थापनलाई प्रभावकारी तवरले ब्यबस्थापनमा सहयोग गर्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिका र युएनडिपी को आर्थिक साझेदारीमा निड्स नेपालले संचालन गरेको हरित पुनःस्थापना प्रवर्द्धन परियोजना(पिजीआरपी) को सहकार्यमा भीमदत्त नगरपालिका को फोहरमैला ब्यबस्थापन कार्यमा संलग्न कर्मचारीहरु लाई पेशागत स्वास्थ्य सुरक्षा(ओएचएस) सम्बन्धि तालिम सन्चालन गरिएको छ।


निड्स नेपालकि अध्यक्ष अन्जु भट्ट जोशीले अध्यक्षता गर्नु भएको तालिममा प्रमूख श्रोत व्यक्तिको रुपमा पेशागत स्वास्थ्य सुरक्षा(ओएचएस) बिज्ञ युवराज भट्ट र अन्य श्रोत व्यक्तिहरु भीमदत्त नगरपालिकाकि सामाजिक विकास अधिकृत गोमा अवस्थीले कार्यक्षेत्र मा हुने लैङ्गिक हिंसा तथा सामाजिक समावेशीकरण का बारेमा, वातावरण शाखाका प्रमुख गणेश सिंह ठगुन्ना ले नगरपालिका को समग्र फोहरमैला ब्यबस्थापनको लागि कर्मचारीहरुको भूमिका का बारेमा र (पिजीआरपी) परियोजना संयोजक केशव राज पन्त ले घरायसी तहमा गर्न सकिने फोहरमैलाको वर्गीकरणका साथै फोहरमैलालाई दिगो ब्यवस्थापन गर्नपर्नेमा जोड दिए । कार्यक्रमको उद्घाटन सत्रका प्रमूख अथितिको रुपमा रहेका भीमदत्त नगरपालिका का निमित्त प्रमूख प्रशासकीय अधिकृत हरि दत्त जोशीले फोहरमैला ब्यबस्थापन कार्य निकै संवेदनशील क्षेत्र भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड प्रति सजक हुनुपर्ने बताउनुभयो।


कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख विष्ट ले कुनै पनि पेशा को आफ्नै गरिमा हुने भएकोले उच्च मनोबल का साथ काम गर्नुपर्ने बताउनु भयो।भीमदत्त नगरपालिकाका नगर प्रमूख सुरेन्द्र विष्टले फोहरमैला ब्यबस्थापन कार्यमा संलग्न कामदार को स्वास्थ्य बिमा हस्तान्तरण गर्दै नगरपालिका का कर्मचारीहरुको पेशागत स्वास्थ्य सुरक्षा(ओएचएस) सम्बन्धि संवेदनशील रहेकोले फोहर मैला ब्यवस्थापन कार्यमा संलग्न कामदार स्वयं पनि यस बिषयमा सतर्क हुनुपर्ने बताउनुभयो। कार्यक्रम को उदेश्य प्रष्ट पार्दै नगरपालिका को वातावरण शाखाका प्रमुख गणेश सिंह ठगुन्नाले पेशागत स्वास्थ्य सुरक्षा(ओएचएस) कुनै निश्चित कार्यको लागि मात्र नभई सबै क्षेत्र संग जोडिने बिषय भएकोले यस तालिम ले नगरपालिकाको फोहरमैला शाखाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षामा सजगता अपनाउन सहयोग पुग्ने बताउनु भयो।


हरित पुनःस्थापना प्रवर्द्धन परियोजनाका परियोजना संयोजक केशब राज पन्तले श्रोतमा नै फोहरमैला छुट्याई फोहरमैला ब्यवस्थापनलाई सहज गर्न सकिने हुनाले फोहरमैला ब्यबस्थापनलाई नितान्त चुनौतीका रुपमा लिने भन्दापनि यसलाई आर्थिक उपार्जन संग जोड्नु पर्ने र त्यसको लागि घरधुरीलाई श्रोतमै फोहरमैला अलग परि कुहिने फोहर को ब्यवस्थापनमा विशेष जोड दिनुपर्ने तिर सबै लाग्नुपर्ने बताउनु भयो। कार्यक्रममा भीमदत्त नगरपालिकाका सरसफाई साखाका कर्मचारीहरु, निड्स नेपालका प्रतिनिधिहरु र हरित पुनःस्थापना प्रवर्द्धन परियोजनाका कर्मचारीहरु सहित करिव ४५ जना सहभागिता थियो।






