खप्तड कप टी-२० क्रीकेट प्रतियोगिताको २४ गते फाइनल


कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा हिन्दुहरुको महान चाड शुभ दिपावली को पावन अवसर मा न्यु खप्तड युवा समाज बेलडाँडि गाउँपालिका वडा नम्बर ३ द्वारा आयोजित”खप्तड कप टी-२० क्रीकेट प्रतियोगिता-२०७८” को फाइनल खेल कार्तिक २४ गते १२ बजे हुनेछ। खेलकुद विकासका लागि कार्तिक १४ गते बाट सुरु भएको प्रतियोगितामा बेलडाँडि गाउँपालिका र बेलौरी नगरपालिका का २३ वटा टिम को सहभागीता रहेको आयोजकले जानकारी दिएको छ। नकआउट आधारमा प्रतियोगिताका खेल खेलाइएको हो।

फाइनलमा कालिका समाज खैरिघाट दोस्रो सेमिफाइनलमा दुई टोलि चवन्नी बजार र त्रिपूरा पचुइ बिच हुनेछ । सो खेलको बिजेताले फाइनलमा कालिका समाज बिच उपाधिका लागी प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष नरेन्द्र बिष्ट बताएका छ्न। स्थानीय क्रीकेट खेलाडी हरुको प्रतिभा लाई उजागर गर्ने उद्देश का साथ संचालन गरिएको टी-२० क्रीकेट प्रतियोगितामा अधिकांस नया उदयमान खेलाडी जन्मेको र उनको उत्कृष्ट प्रदर्शन समेत रहेको अध्यक्ष बिष्टले बताउनु भयो।

उनले भने’ स्थानीय तहले पनि खेलकुद प्रतिचासो देखाई आगामी दिनमा नियमित रुपमा दक्षिणी क्षेत्रमा प्रतियोगिताको आयोजना गरेमा देशकै लागि क्रीकेट खेल्ने खेलाडी उत्पादन गर्न सकिने हुँदा यसको निरन्तर संरक्षणमा लागि पर्ने छौँ ।’ खेलाडीको हौसला र मनोबल बढाउनका लागि फाइनल खेलमा उपस्थित भैदिन हुन आम बेलडाँडि वासी अपिल समेत गरेका छ्न।


Loading Viewer...

ताजा समाचार

spot_img