बाढी पिडितलाई सहयोग गर्न दोधारा चाँदनी नगरपालिद्धारा संघ–संस्थाहरुमा अपिल

दोधारा । दोधारा चाँदनी नगरपालिकाले बाढी पिडितहरुलाई सहयोग गर्न अपिल गरेको छ् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका एक हजार अस्सी घरपरिवार बेघर भएका हुन् । बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १० का बिभिन्न बस्तीको घर खेतमा क्षती भएको हुदा दोधारा चाँदनी नगरपालिकाले बाढी पिडितहरुको सहयोगको लगाी संघ–संस्थाहरु संग अपिल गरेको हो । ‘मिति २०७८/६/३१ गते देखि ४ दिन सम्म परेको अबिरल वर्षाको कारण आएको बाढीबाट प्रभावित घरधुरीहरुको खाद्यान्न, बिउ लगाएत सामग्री डुबेको, बगेको हुदा उत्त परिवारको लागी बिउ बिजन, मलखाद तथा कृषी सहयोग सामग्री उपलब्ध गराईदिन हुन् स्थानिय संघ–संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरियो’ दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकको निर्णयमा भनिएको छ् ।

यस्तै नगरपालिका कार्यपालिकाको बैठकमा बाढीको कारण प्रभावित घरधुरीमा खाद्यान्नको चरम समस्या देखा परेको हुदा राहत सहयोगको लागी नगद प्रवाह भौचर मार्फत सहयोग गर्नको लागी स्थानिय संघ–संस्थाहरुलाई अनुरोध गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । बैठकले बाढी ग्रस्त क्षेत्रमा आर्थिक क्षतीलाई मध्यनजर राख्दै राहत स्वरुप आर्थिक प्रवाह गर्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लाई दोधारा चाँदनी नगरपालिका कार्यालयले अनुरोध गरेको छ् । बेमौसमी वर्षाको कारण दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधान टोल, अठार नम्वर पिल्लर बस्ती लगाएत टोलहरुमा महाकाली नदी र जगबुडा नदीमा आएको बाढी पसेपछि बाढीले स्थानियहरुको लाखौंको धनमालको क्षती बनाएको हो । बाढी प्रभावित भएकाहरुलाई स्थानिय बिभिन्न संघ–संस्था तथा ब्यक्तीहरुले राहत स्वरुप सहयोग गर्दै आएका छन् ।

 

ताजा समाचार