राज्यमन्त्री सुनार खल्लामछेट्टी पुगेर भने, ‘तपाईकोहरुको व्यवस्था प्रदेश सरकार गर्छ’


कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनारले भीमदत्त नगरपालिका ९ खल्लामछेट्टी वाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा बाढीपीडित जनतासंग भेटघाट गरेका छन । भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री सुनारले बुधबार सुनारले भीमदत्त नगरपालिका ९ खल्लामछेट्टी वाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा बाढीपीडित जनतासंग भेटघाट गरेका हुन ।

दोधाराचाँदनी नगरपालिका नगर शिक्षा समिति सदस्य डम्बरराज जोशीले दुर्गम खल्लामछेट्टी क्षेत्रका बाढीपीडित जनतासंग राज्यमन्त्री सुनारले भेटघाट एव बाढीप्रभावित क्षेत्रको अवलोकन गरेको बताए । उनका अनुसार राज्यमन्त्री सुनारले खल्लामछेट्टी क्षेत्रका बाढीपीडितका लागि राहत, पूर्नस्थाना एव क्षतिपूर्ति दिलाउने आश्वासन दिनुभयो । मन्त्री सुनारले बाढीपीडित जनतासंग ‘तपाईकोहरुको व्यवस्था प्रदेश सरकार गर्ने आश्वासन दिनुभयो ।

प्रदेश सरकार र आफ्नो व्यक्तिगत तर्फबाट बाढीले गरेको तहसनहस पूर्ननिर्माण पीडितका लागि राहत एव पूर्नस्थापना सहित नदी नियन्त्रणका लागि पहल गर्ने बताएका छन । मन्त्री सुनारसंगै भीमदत्त, दोधाराका कर्मचारी, शिक्षक, नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img