कञ्चनपुर : कञ्चनपुर प्रहरीले गयराती कञ्चनपुरको गुलरियाबाट गैर कानुनी रुपमा जुवातास खेलिरहेका घरधनी सहित १४ जनालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका ५ गुलरिया भीम बहादुर बोहराको घरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले घरधनी सहित जुवाडे पक्राउ गरेका हो । तर, प्रहरी घरधनी बाहेक बाँकी जुवाडेको नाम सार्वजनिक गरेको छैन ।

पटक पटक प्रहरीले गैर कानुनी काम गर्नेलाई पक्राउ गरेर समाजिक सद्भाव र शान्ति सुरक्षामा राम्रो काम गरेपनि जो समाज बिरोधी गतिबिधी गर्छन, उनैलाई संरक्षण गर्नका लागि नाम लुकाउने प्रवृतिले कतै बार्किनिङ्ग त गर्न लागेको छैन भनि प्रहरीमाथि नागरिकले शंका गरेका छन । सरकार बाहिर रहेका दलका नेता कार्यकर्ताले भने सत्ताधारीका नेता कार्यकर्ता भएकाले प्रहरीले जुवाडे समुहको नाम लुकाउने तर्क राखेका छन । कञ्चनपुर प्रहरीले भने गुलरियाबाट पक्राउ परेका जुहाडेमाथि कार्बाही गर्ने जनाएको छ ।

तर, स्थानीयले भने जुहाडेमाथि कार्बाही नगरिए प्रहरी बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन । स्थानीयले प्रहरीलाई तिहारका बेला जुवा खेलाउने सहित गैर कानुनी धन्दा गर्ने समुहले पैशा, मदिरा, खसी, कुखुरा जस्ता गिफ्ट दिदा उनीहरुमा कुनै एक्सन नहुने गिफ्ट नदिनेमाथि पक्राउ गरेर बार्किनिङ्गका लागि सबैको नाम सार्वजनिक नगर्ने प्रवृति हावि भएको आरोप लगाएका छन । प्रहरी भने प्रहरीमाथि लगाईने सबै आरोप निराधार हुँदै आएको जिकिर गर्दै आएको
छ ।







