हल्दुखाललाई वडा स्तरिय कबड्डी प्रतियोगिताको उपाधी


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ७ मा भएको वडा स्तरिय कबड्डी प्रतियोगिताको उपाधी हल्दुखालले पाएको छ । सोमबार सम्पन्न भएको कबड्डी प्रतियोगिताको उपाधी भीनपा ७ हल्दुखालको टिमले पाएको हो । भीनपा ७ र दिपज्योति क्लबको आयोजना वडा स्तरिय कबड्डी प्रतियोगिता आयोजना गरिएको थियो । फाईनल प्रतियोगितामा हल्दुखालले ४० र तिलाचौर ३० अंक ल्याएका थिए ।

विजेता टिमलाई भीमदत्त नगरकी उपप्रमुख शुशिला चन्द (सिह) र भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवर सहितका अतिथिले पुरस्कार वितरण गरेका थिए । विजेता हुने टिम हल्दुखालले नगद २५ हजार र उप विजेता तिलाचौरले १५ हजार सहित शिल्ड प्रमाण पत्र पाएका थिए । दिपज्योति क्लबका अध्यक्ष गणेश धानुकले प्रतियोगितामा १२टिमको सहभागिता रहेको बताउदै, विभिन्न समाजिक तथा व्यक्तित्वबाट सहयोग पाईएको बताए । प्रतियोगिताका सहयोगीलाई समेत सम्मान गरिएको छ ।

भीमदत्त नगरपालिका ७का वडाध्यक्ष शंकर कुँवरले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । वडाध्यक्ष कुँवरका अनुसार कोरोनाका कारण दुई बर्ष प्रतियोगिता गर्न नसकिएको बताउँदै, यस बर्ष स्थानीय सहित वडाले संयुक्त रुपमा आयोजना गरेको बताए । कबड्डीका लागि हल्दुखाल उर्बराभूमि जस्तै भएकाले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता थप उपयोगी बन्ने बताए ।


ताजा समाचार

spot_img