हात्तीपीडित कार्कीको परिवारलाई माओवादी केन्द्रको आर्थिक सहयोग


कञ्चनपुर: जंगली हात्तीको बथानले कार्तिक पहिलो साता शुक्लाफाँटा नगरपालिका १२कालागौडीका एक कार्की दाम्पत्तीको मृत्यु भएको थियो । हात्तीको आक्र्रमणमा गरि मृत्यु भएको कार्कीको परिवारलाई माओवादी केन्द्रले आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटिले हात्ती पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।
No description available.
माओवादी केन्द्र शुक्लाफाँटाकी नेत्रृ दुर्गा भट्ट(जोशी)ले हात्तीबाट मारिएका कार्कीको परिवारलाई नगर पार्टीका तर्फबाट सक्दो आर्थिक सहयोग गरिएको बताईन । उनका अनुसार हात्तीपीडित परिवारका लागि केही राहत पु¥याउने उदेश्यका साथ २० हजार रुपैया सहयोग गरिएको छ । नेकपा माओवादी केन्द्रका इन्चार्ज खगराज भट्ट(बिनोद) सहित जिल्ला, नगरका नेता कार्यकर्ताको उपस्थितिमा हात्तीपीडित कार्की परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

ताजा समाचार

spot_img