दोधारा । दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) ले राहत बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को सुर्खेती टोल, निशानी टोल, शान्ती टोल लगाएत बाढीबाट प्रभावित भएकाहरुलाई आज एक कार्यक्रमको बिच सेभ द चिल्ड्रनको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) ले त्रिपाल, भाडाकुडा, लत्तकपडा लगाएत सामग्री बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा आयोजित राहत बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरु, सेभ द चिल्ड्रनका संजिव शाक्य, रत्न ओझा लगाएत बाढी पिडित घरपरिवारको उपस्थिती रहेको थियो ।


दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले पिडामा सहयोग गरेकोमा दाताहरुलाई बिशेष धन्यबाद दिदै दोधारा चाँदनी नगरपालिकामा बाढी पिडितहरुलाई अझै सम्म बढी राहत सहयोग गर्ने संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) भएको बताउदै बिपत्तीको बेला नगरपालिकाका बाढी पिडितहरुले सहयोग पाईरहेको र आगमी दिनहरुमा सहयोगको थप अपेक्षा राखेको बताएका छन् । सेभ द चिल्ड्रनको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) ले सुर्खेती टोल, निशानी टोल, शान्ती टोल लगाएत बाढीबाट प्रभावित भएका १ सय ४३ घरधुरीलाई त्रिपाल, भाडाकुडा, लत्तकपडा लगाएत सामग्री बितरण गरेको छ् ।


बाढीबाट प्रभावित भएकाहरुलाई प्रति घरधुरी रु. ५ हजार भन्दा बढी रकमको गैरखाद्य सामग्री बितरण गरेको सेभ द चिल्ड्रनको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) ले बितरण गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) का बिपद् फोकल पर्सन राज कुमार सुनारले बताएका छन् । यस्तै १ सय ४३ घरधुरी बाढी पिडतहरुलाई बाशुलिङ्ग अनिल कन्स्ट्रक्सन प्रालि. का प्रोपोराईटर धिर प्रताप पाँण्डेले एक सय बोरा चामल र पुर्व सांसद तारणी दत्त चटौतले ५० बोरा चामल बाढी पिडतहरुलाई सहयोग गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले बताएका छन् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका १ हजार अस्सी घरपरिवार बेघर भएका हुन् ।








