कञ्चनपुर : कोरोनाको कहर पुनः बढ्ने अवस्था देखिनुका साथै कैलाली र कञ्चनपुरमा केही दिन अघि मात्र दुई जनाको मृत्यु सँग सबैले सावधानी अपनाउनु पर्ने देखिन्छ जसका लागि नेपाल सरकारले कोभिड–१९ बाट बच्न स्वास्थ्यको लागि अपनाएका अपिलहरुको पालना गर्नु जरुरी छ ।


राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले कञ्चनपुरमा आपतकालिन मास्क अभियान सुचारु गरेको छ । जिल्लाका नौँ ओटै स्थानिय तहमा कोभिड –१९ प्रभावित क्षेत्रमा आपतकालीन सहयोगका लागी मास्क अभियान थालिएको महासंघले जनाएको हो । शनिवार महेन्द्रनगर स्थित भृकुटी माध्यामिक विद्यालयमा कोरोना खोप लगाउन आएका व्यक्तिलाई मास्क वितरण गरिरहेका महासंघका जिल्ला अध्यक्ष इश्वर सुनारले जानकारी दिए । उनले जिल्लाका नौं वटै स्थानिय तहमा आपतकालिन मास्क अभियान चलाइरहेका जानकारी दिए ।


मास्क अभियान सँगै जिल्लामा कोरोना सम्बन्धी जनचेतना मुलक अभियान, सडक नाटक र स्वास्थ्य चौकी अस्पतालहरुमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम पनि गरिरहेको उनले जनाए । शनिवार भृकुटी माध्यामीक विद्यालयमा कोरोना भाइरस विरुद्धको दोस्रो मात्राको खोप लगाउन आएका करिव ६ सय भन्दा बढीलाई मास्क वितरण गरिएको सामाजिक परिचालिका लक्ष्मी लुहारले जानकारी दिए । उनले शनिवार साझँसम्म भृकुटी मावी.मा मास्क अभियान चल्ने जानकारी दिइन् ।







