कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक नमुना विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर मावि (साधारण) विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको हो । शिक्षण शिकाई तथा शिक्षालाई प्रविधीमैत्री बनाउने उदेश्यले शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले बताए ।

‘पहिलो चरणमा हामीले २८ जना शिक्षकलाई एक थानका दरले ल्यापटप वितरण गरेका छौँ, ‘उनले भने, ‘बाँकी दोस्रो चरणमा वितरण गछौँ ।’ शिक्षण सिकाईका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक र विद्यार्थीलाई प्रविधीमैत्री बनाउने बताए । विद्यालयमा प्रोजेक्टर विधीबाट शिक्षण सिकाई गरिने बताउदै अध्यक्ष विष्टले आफु अध्यक्ष हुँदा नै शिक्षकलाई ल्यापटप र विद्यालयको स्तरबृद्धिका लागि अघि सारेको योजना अनुरुप अहिले शिक्षकलाई ल्यापटप वितरण गरिएको छ ।

शिक्षकले ल्यापटप पाएसंगै खुसी व्यक्त गरेका छन । विद्यालयका प्रअ ललित सिह साउद, सहायक प्रअ सरस्वती धामी(भाट) सहितका शिक्षकलाई ल्यापटप वितरण गरिएको थियो ।







