खल्लामछेट्टीका बाढीपीडितलाई बाईसियलद्वारा राहत


कञ्चनपुर : कञ्चनपुरको उत्तरी भेग दुर्गम बस्ती खल्लामछेट्टीका बाढीपीडितलाई नेकपा माओवादी केन्द्र निकट वाईसियल नेपालले खाद्यान्न राहत वितरण गरेको छ । वाईसियल भीमदत्त नगरपालिकाले खल्लामछेट्टी क्षेत्रका बाढीपीडितलाई खाद्यान्न राहत वितरण गरेको हो । वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले बाढीपीडित जनता भोकभोक बस्नुपर्ने अवस्थामा वाईसियलले केही राहतका लागि खाद्यान्न वितरण गरेको बताए । उनका अनुसार ३० बाढीपीडित परिवारलाई चामल, दाल, नुन, तेल, तरकारी तथा सरसफाई समाग्री वितरण गरिएको छ । ‘हामीले यो महाविपतीका बेला संगठनका तर्फबाट सक्दो सहयोग गरेका हौँ, ‘उनले भने, ‘बाईसियल पीडित जनताको भोको पेटमा गाँस भर्न चाहन्छ ।’

वाईसियल भीमदत्त नगरपालिकाले यस अघि पनि भीनपा ११, १२ र १३ क्षेत्रका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको थियो । ‘हामीले आधारभूत रुपमा सक्दो गासको प्रबन्ध गरिरहेका छौँ, ‘उनले भने, ‘अझैपनि पीडित जनताको हितमा काम गछौँ ।’ बाढीपीडित जनताका लागि तीनै सरकारले राहत, पूर्नस्थापना एव क्षतिपूर्तिका लागि योजना ल्याउनुपर्नेमा वाईसियलले नेपालले जोडदिएको छ । वाईसियल नेपाल कञ्चनपुरका संयोजक शुचित्र शाहले विपती परेका सक्दो सहयोग गरिरहेको बताए । संयोजक शाहले वाईसियलले फेरीपनि सहयोग गर्ने बताए । वाईसियलको राहत पाएसंगै पीडित हर्षित भएका छन । राहत वितरण कार्यक्रममा वाईसियल भीमदत्त नगरका संयोजक बलराम एसके, इन्चार्ज तुल बहादुर थापा, जिल्ला संयोजक शुचित्र शाह, प्रदेश सह इन्चार्ज नवराज ऐरी, नेकपा माओवादी नेता मोतिसिह महता, तेजेन्द्र ऐर सहितका नेता कार्यकर्ता सहभागि रहेका थिए ।


ताजा समाचार

spot_img