शान्ति माविमा शिक्षक भर्ना तीन पटक परीक्षा स्थगित

राजनीतिक स्वार्थले भरिएपछि सामुदायिक विद्यालय ध्वस्थ पार्ने खेल भएको : वडाध्यक्ष ढकाल


कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयमा शिक्षक भर्नाका लागि तीन पटक तय भएको लिखित परीक्षा स्थगित भएको छ । बेलौरीको शान्ति माविले माध्यामिक तह नेपाली विषय राहत शिक्षक भर्नाका लागि आब्हान गरेको दरखास्त अनुरुप विद्यालयमै कार्यरत देखि अन्य १७ जनाले आवेदन दिएका छन । विद्यालय प्रशासनले परीक्षाका लागि मिति तोकेर आवेदनकर्तालाई खबर गर्छ, परीक्षा केन्द्रमा पुगेपछि परीक्षा स्थगित हुने समस्या तीन देखिएको छ । कसको स्वार्थ, कसले कति पैशा खाएको छ, थाहा छैन हामी बेरोजगार युवाले दरखास्त दिएर पछुतो भईरहेको एक आवेदनकर्ताले बताए । उनका अनुसार केही नेताहरुले कुनै आवेदकसंग पैशा खाएको हो, वा बेलौरी नगर शिक्षा शाखा, विद्यालयबाट बदमासी भएको हो थाहा भएन, मावि स्तरको परीक्षाका लागि हामीमाथि लुकामारी मजाक गरेर परीक्षाकै धज्जी उडाईरहेको दुखेसो पोखे ।

‘जो परीक्षामा राम्रो अंक ल्याउँछ, यही हुन्छ, ‘उनले भने, ‘हामीलाई त्यो मतलब छैन, तर परीक्षा त कम्तिमा निष्पक्ष भयरहित, स्वच्छ वातावरण हुनुप¥यो ।’ देश बनाउने समाज बनाउने समुह व्यक्ति नै हुलहुज्जलमा उद्यत भएर सामुदायिक विद्यालय कब्जा गर्न खोजेको ति परीक्षार्थीको दुखेसो छ । तेस्रो पटक कार्तिक १२ (बिहीबार) पनि महाकाली मावि बेलौरी स्रोत केन्द्रमै परीक्षा तय भएको थियो, केही हुलहुज्जल समुहले परीक्षा हलभित्र प्रवेस गरेर परीक्षा स्थगित गर्न लगाएको परीक्षा दिन आएकाहरुले बताएका छन । विद्यालयका प्रअ प्रेम सिह थापाले परीक्षाका लागि प्रशनपत्र बनिरहेको ठाँउमा प्रवेस गरेर असम्बन्धीत व्यक्तिले प्रशन पत्र हेरेकाले विवाद उत्पन्न भएको बताए । ‘मेरो र अध्यक्षको यसमा केही स्वार्थ छैन, ‘प्रअ थापाले भने, ‘हामी त फेयर परीक्षा गर्नुपर्ने पक्षमा छौँ ।’ केही दल समुहका व्यक्तिका कारण विद्यालयमा शिक्षक भर्ना ढिलाई भईरहेको बताए ।

परीक्षा केन्द्रमा विवाद उत्पन्न भएपछि विद्यालय व्यवस्थापन समितिले दुई निर्णय गर्दै निर्धारित गरिएका परीक्षाका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने र बस्तुगत समान्य परीक्षाको प्रशन पत्र निर्माण भईरहेको समयमा छनौट समिति भन्दा बाहिर असम्बन्धीत व्यक्तिहरुलाई प्रशन पत्र हेरि गएकाले हुनाले त्यसै प्रशनबाट परीक्षा संचालन गर्न नसकिने भएकाले बनिसकेको प्रशनपत्र नष्ट गर्ने निर्णय गरेको छ । बेलौरी नगरपालिका ४का वडाध्यक्ष अर्जुन ढकालले केही तत्वहरुले राजनीति आडमा प्रशनपत्र आवट भयो, भनेर परीक्षा केन्द्रमा हुलहुज्जल गरेर रद्द गर्न लगाएको बताए । राजनीतिक स्वार्थले भरिएपछि सामुदायिक विद्यालय ध्वस्थ पार्ने खेल भएको वडाध्यक्ष ढकालको भनाई छ । सामुदायिक विद्यालयको विकासका लागि सबै दल, नेता, विद्यालय समिति, प्रशासन, सम्बन्धीत सबैले गम्भिर हुनुपर्ने उनको भनाईछ ।


ताजा समाचार

spot_img