पुर्व प्रधानमन्त्री नेपाललाई आरक्ष आयोगद्वारा प्रतिवेदन


कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आयोगले पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । तत्तकालिन शुक्लाफाँटा बन्यजन्तु आरक्ष(निकुञ्ज)बाट विस्थापित परिवारको पुर्नस्थापनाका लागि गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदन एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री नेपाललाई हस्तान्तरण गरिएको हो ।

बिहीबार महेन्द्रनगरमा समाजवादी कञ्चनपुरको विस्तारित बैठकमा सहभागि हुन आएका पुर्व प्रधानमन्त्री नेपाललाई शुक्लाफाँटा मुआब्जा निर्धारण कार्यदलका अध्यक्ष सुरेन्द्र बम, सस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आले मगरले संयुक्त रुपमा नेपाललाई हस्तान्तरण गरेका हुन । बम आयोगले आरक्षपीडितको पूर्नस्थापनाका लागि प्रति परिवार कम्तिमा १० कट्टा जमिन र ६० लाख मुअब्जा दिनका लागि सरकारलाई बुझाएको थियो । प्रतिवेदन कार्यान्वयनका लागि सत्ता साझेदारी दल समाजवादीका तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवालाई घचघच्याउन माग गरिएको छ ।

कार्यक्रममा पर्यटनमन्त्री आलेले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने र पार्टीका तर्फबाट पहल गरिदिन पार्टी अध्यक्ष एव पुर्व प्रधानमन्त्री नेपालसंग अनुरोध गरेका छन । शुक्लाफाँटा मुआब्जा निर्धारण कार्यदलका अध्यक्ष सुरेन्द्र बमले समेत बषौँदेखि जमिन बिहिन भएका आरक्षपीडितको समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्नेमा जोडदिए । यसैविच आरक्षपीडितले समेत पुर्व प्रधानमन्त्रीलाई बम आयोगको प्रतिवेदन कार्यान्वयनका लागि माग अघि सारेका छन । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले बम आयोगको प्रतिवेदन पीडितको हितमा भएको भन्दै प्रतिवेदन कार्यान्वयन गर्न माग अघि सारेका छन ।


ताजा समाचार

spot_img