कञ्चनपुर : कञ्चनपुरका टिकटक स्टार अंशु वर्माले सामाजिक क्षेत्रमा अग्रसरता बढाए पछि स्थानिय स्तरमै उनको लोकप्रियता बढेको छ ।


वर्माले कमाएको रकमको केही अशं समाजिक क्षेत्रमा लगाउदै आएका छन् जसले गर्दा उनको लोकप्रियता बढदैं गएको छ । रुपैया पैसाको लागि आफ्नै घर परिवारलाई पनि सहयोग नगर्ने यो जमानामा दुःखी गरिबहरुलाई सानो–सानो सहयोग गर्दै दुःखी गरीब र असाहयको मन जित्न सफल भएका छन् पछिल्लो समयमा उनले समाजिक कार्यमा निकै रुचि देखाएका छन् ।


बुधबार उनै टिकटक स्टार वर्माले वेतकोट नगरपालिकामा रहेको वृद्ध आश्रममा विस्कुट, जुस, फलफलु, खाद्यान्न लगायत कपडा सहयोग गरेका छन् । जाडो बढदैं गएकोले वृद्धआमा बुवालाई न्यानो कपडा वितरण गरेको वर्माले बताए । उक्त समाग्री हस्तान्तरण कार्यमा बाशुदेव भट्ट( होहो) , नवीन भट्ट, अनिल चटौत, अमन सिह, रोहित सिह र लिलाधर भट्टले सहयोग गरेका थिए ।







