कञ्चनपुर: सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आले (मगर)ले बन्द रहेको कञ्चनपुरको मझगाँउ बिमानस्थलको क्षेत्रफल बढाएरै भएपनि शुचारु गर्ने बताएका छन । बुधबार मझगाँउविमान स्थलको अवलोकन गर्दै पर्यटनमन्त्री आलेले दक्षिणतर्फ सेनाको ब्यारेकसम्म ५सय मिटर क्षेत्र विस्तार गरेर संचालन गर्ने बताएका हुन । ‘टेण्डर भयो, ठेकेदारले काम शुरु गरेको छैन, ‘उनले भने, ‘काठमाण्डौँ फर्किएलगत्तै सम्झौता गराएर काम अघि बढाउँछु ।’ १५ सय २४ मिटर रनवेय रहेको मझगाँउ विमानस्थलको दक्षिणतर्फ बृद्धि गर्न मन्त्री आलेले बताए ।

धनगढी विमानस्थल क्षेत्रीय स्तरको बनाउने बताउदै उनले मझगाँउ विमानस्थल समेत संचालनमा ल्याईने बताए । बजेटका कारण ढिलाई भएको बताउदै उनले अब बजेट समेत स्वीकृत हुने बताए । तीनै तहकै सरकार (स्थानीय, प्रदेश र संघीय) मिलेर मझगाँउ विमानस्थल बनाउने काम उदाहरणीय भएको बताए । मन्त्री मगरले आरक्षपीडितको समेत समस्या समाधान हुने बताउँदै कञ्चनपुरका युवा उर्जावान नेता सुरेन्द्र बहादुर बमलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मुआब्जा समस्या समाधान आयोगको अध्यक्ष भएको बताए ।

‘हामीले अघिल्लो सरकारकै पालामा आरक्षपीडितको समस्या समाधानका लागि युवा नेता बमकै नेतृत्वमा आयोग गठन गरेका थियौँ, ‘अब काम अघि बढ्न आरक्षपीडितको समस्या पनि समाधान गछौँ ।’ सरकार आरक्षपीडितको समस्या समाधान गर्नका लागि तयार रहेको सोही अनुरुप काम अघि बढाईने बताए ।







