उद्योगी जोशीद्वारा दोधाराचाँदनीका बाढीपिडितलाई खाद्यान्न सहयोग

कञ्चनपुर: सुदूरपश्चिमका उद्योगी तथा नेपाल काँग्रेस कञ्चनपुरका युवा नेता पिताम्बर जोशीले दोधाराचाँदनीका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका काँग्रेस युवा नेता जोशीले दोधाराचाँदनीका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेका हुन । बुधबार एक कार्यक्रमका विच ग्वालेक ग्रुफका संचालक काँग्रेस युवा नेता समेत रहेका उद्योगी जोशीले चामल, सोडा साबुन नगरपालिकालाई हस्तान्तरण गरेका छन । दोधाराचाँदनीका मेयर बीर बहादुर सुनारलाई खाद्यान्न तथा सरसफाई समाग्री सहयोग गरिएको छ । डेढ सय बोरा चामल, लुगाधुने साबुन, भाँडाधुने साबुन र सोडा दिएका हुन ।

No description available.

उनले बाढीपीडितको अवस्था दयनिय देखेर समाजिक सेवा गर्ने उदेश्यले खाद्यान्न सहयोग गरेको बताए । ‘बाढीले दोधाराका जनताको दुख देखेर सानै भएपनि राहत दिने सोच बनाए, काँग्रेस नेताद्वय रमेश लेखक र यज्ञराज जोशीले समेत आग्रह गरे, अनि केही गर्नुपर्छ भन्ने सोच राखेर राहत दिएको हुँ, ‘उनले भने, ‘दोधारामा बाढीले जनता असाध्यै दुखित छन ।’ राहत ग्रहण गर्दै दोधाराचाँदनीका मेयर बीर बहादुर सुनारले उद्योगी तथा काँग्रेस नेता जोशीबाट प्राप्त भएको खाद्यान्न विपन्नलाई वितरण गरिने बताए । राहत हस्तान्तरण कार्यक्रकको सहजिकरण काँग्रेस दोधाराचाँदनीका सचिव महेन्द्र विष्टले गरेका थिए ।

No description available.

कार्यक्रममा काँग्रेस नेता गणेश भट्ट, नेवि संघ पुर्व जिल्ला अध्यक्ष गंगादत्त भट्ट लगायत काँग्रेस नेता कार्यकर्ता, मेयर बीर बहादुर सुनार, उपमेयर चिनी गिरी लगायतका जनप्रतिनिधीको सहभागिता रहेको थियो । नगरका प्रवक्ता दिल बहादुर सिजालीले दाताहरुबाट प्राप्त सहयोग नगरपालिकाले आफैले वितण गरिएको बताए । उनका अनुसार बुधबारसम्ममा चार सय बाढीपीडितले राहत पाएका छन । उद्योगी जोशीले राहत हस्तान्तरण गरेसंगै बाढीपीडितले खाद्यान्न दाता जोशीप्रति आभार प्रकट गरेका छन । बाढीले गास अभाव भईरहेका बेला ठुलो परिमाणमा खाद्यान्न एव सरसफाईका समाग्री सहयोग गरेको भन्दै आभार प्रकट गरेका छन । विगतमा पनि जोशीले कोरोना महामारीसंगै विभिन्न महामारी विपद्का बेला खाद्यान्न, स्वास्थ्य सुरक्षा समाग्री दिदै समाजिक सेवा गर्दै आएका छन ।

ताजा समाचार

spot_img