नेशनल माईक्रोफाईनान्सद्धारा बाढी पिडित राहत सहयोग हस्तान्तरण

दोधारा । नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सुडा कञ्चनपुर र सेवा केन्द्र दोधारा चाँदनीले संस्थामा आवद्ध बाढी पिडित सदस्यहरुलाई राहत साम्रागी बितरण गरेका छन् । एक साता आएको बाढीको कारण नदीको तटिय क्षेत्रमा वसोवास गर्ने संस्थामा आवद्ध सदस्यहरुको घरमा बाढीको पानी पसेर बेघर भएको भएको हुदा छनौटको आधारमा दोधारा चाँदनी नगरपालिका वडा न. ९ र १० का ४९ घरधुरी तथा भिमदत्त नगरपालिका १६ पिपरिया वस्ती का ३१ घरधुरीलाई राहत साम्रगी हस्तान्तरण गरिएको छ् । आज दोधारा चाँदनी–९ अम्बिका माध्यमिक बिद्यालयमा एक कार्यक्रमको बिच स्थानिय सामाजसेवी ,पत्रकार, सुरक्षाकर्मीको बिच राहत वितरण गरिको हो । वडा नं. ९ र १० का ४९ घरधुरीलाई चामल, दाल, खाने तेल, बितरण गरिएको नेशनल माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडका जनक राज पन्तले जानकारी दिएका छन् । यस्तै संस्थाले भिमदत्त नगरपालिका–१६ का ३१ घरधुरीलाई समेत राहत सामग्री बितरण गरिएको नेशनल माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडका पन्तले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका र भिमिदत्त नगरपालिका गरि झण्डै रु. १ लाख ८० बराबरको राहत सामग्री बितरण गरिएको संस्थाले जनाएको छ् । स्थापना काल देखि नै संस्थामा आवद्ध भएका एक छाक खान समस्या परेका सदस्यहरुलाई नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड निरन्तर रुपमा सक्दो सहयोग संस्थाले सहयोग गर्दै आएको छ् । राष्ट्रिय कार्य क्षेत्र भएको नेपाल राष्ट्र बैकद्घारा स्विकृत प्राप्त (घ) वर्गको नेशनल लघुवित्त संस्थाले आफ्ना सदस्यहरुको संरक्षणमा ग्राहक संरक्षण कोष अन्र्तगत काजक्रिया खर्च, सुत्केरी खर्च, विभिन्न राहत सुविधा एवम् प्राकृतिक एवम् दैविक प्रकोपमा सदस्यहरुलाई राहत तथा सहयोग गदै आईरहेको छ् । पुर्व मेचि देखि पश्चिम महाकाली सम्म स्थापनाको छोटो अवधीमै शाखा सञ्जाल विस्तार गरी ग्राहक सदस्यको मन जित्न सफल भएको बताईएको छ् । पिडाको बेला राहत सामग्री संस्थाले प्रदान गरेपछि सदस्यहरु खुशी भएका छन् ।

ताजा समाचार