हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका दम्पतीका आश्रीतलाई आज रु ५० हजार किरिया खर्च वाफतको रकम हस्तान्तरण गरेको छ । नगरपालिकाको वडा नं १२ का हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वज बहादुर कार्कि र मथुरा कार्कीका परिवारलाई नगर प्रमुख दिल बहादुर ऐर र नगर उप प्रमुख तुलसीदेवी हमालले घरमै पुगेर किरिया खर्च वाफतको रकम हस्तान्तरण गरेका हुन ।

गत् बुधवार कार्कि दम्पतीलाई हात्तीले घर आँगनमै आक्रमण गरी ज्यान लिएको थियो । किरिया खर्च वाफतको रकम हस्तान्तरण गर्दै नगर प्रमुख ऐरले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको सुख दुखमा सधै साथमा रहने बताए । शुक्रवार नगर विपद् समितिको बैठकले हात्तीबाट आक्रमणमा परी मृत्यु भएका परिवारलाई किरिया खर्च उपलव्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार किरिया खर्च वाफतको रकम उपलव्ध गराईएको हो ।

यसैगरी, नगरपाकिाले वडा नं १ का स्याली नदीमा बगेर मृत्यु भएका कृष्णदत्त भट्टका परिवारलाई रु २५ हजार किरिया खर्च वाफतको रकम समेत उपलव्ध गराएको छ । अविरल बर्षाका कारण रुख ढलेर घर क्षतिग्रस्त भएका नगरपालिकाको वडा नं १ वन्साहाका रामी लुहारका परिवारलाई रु १५ हजार र आगलागीभै घर जलेर क्षति भएका नगरपालिकाको वडा नं १२ कालागौंडीका रामप्रसाद रानाको परिवारलाई रु १० हजार विपद् समितिको निर्णय अनुसार रकम उपलव्ध गराईने बताईएको छ ।


ताजा समाचार

spot_img