दोधारा । एक साता देखि कुतियाकवरमा स्थाीनयहरुलाई भारतिय नागरिकहरुले खाना खुवाउदै आएका छन् । शिखहरुको धार्मिक स्थल गुरुद्धाराका अनुनायीहरु आएर दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियावकरका स्थानियहरुलाई बिगत एक साता देखि खाना खुवाउन गर्दै आएको स्थानियहरुले बताएका छन् । सम्पुर्णानगर उत्तर प्रदेश शिखहरुको धार्मिक स्थल गुरुद्धाराबाट आएकाहरुले कुतियावकर बस्तीका स्थानियहरुलाई खाना संग लत्ताकपडा, दुध लगाएत खाद्य सामग्री दिदै आएको स्थानियबासी माया सुनारले बताएका छन् । भारतिय धार्मिक अनुनायीहरुले कुतियावकर संग जोडिएको भारतिय क्षेत्रमा बस्तीमा बाढीले गरेको त्रासद्धिमा खाना बाढ्ने क्रममा कुतियाकवरबासीको पिडालाई हेर्दै एक साता देखि कुतियाकवरबासीलाई संग लत्ताकपडा, दुध लगाएत खाद्य सामग्री दिदै आएको माया सुनारले बताएका छन् । ‘सधै आएर बस्तीमा खाना संग लत्ताकपडा र दुध बाढेर जान्छन्’ माया सुनारले भने ।


बाढीले सबैथोक बगाएर बेघर भएको अवस्थामा नेपाल सरकारले यत्रो दिन सम्म नहेर्दा पिडा उनिहरुको मनमा ताजै छ् । आज मात्र दोधारा चाँदनी नगरपालिकाले बस्तीको लागी खाद्यान्न बाढेको छ् । कुतियाकवर क्षेत्रमा ४२ घरधुरी रहेका छन् । महाकाली नदी र जगबुडा नदीमा बाढी आएपछि नदीको भंगालो बस्तीमा पसेपछि बस्तीनै तहसनहस बनेको छ् । खेतमा भएको धान तथा तरकारीबाली नदीले मरुभुमी बनाएको छ भने घरमा भएको सबैथोक नदीले बगाउदा एक छाक खानको लागी पनि कुतियाकवरबासी त्रसित छन् । बस्तीमा झण्डै ६ फिट पानी पसेपछि उनिहरुलाई ज्यान बचाउनै हम्मे हम्मे परेको उनिहरुको भनाई छ् । बर्सेनि प्राकृतिक विपत्तिको पिडा खेप्दै आएका कुतियाकबरवासीलाई यसपटक झन् ठूलो बज्रपात परेका हो । यो बस्तीलाई महाकाली नदी र जोगबूढा नदीले घेरेको दोधानको बस्ती हो । यो भारत संग जोडिएको सीमावर्ती नेपाली बस्ती समेत हो । बाढी आएपछि सबै नेताहरु कुतियकवर बस्तीमा पुगिसकेका छन् । पिडाको बेला बरु छिमेकी मुलुक भारत नै कुतियाकबरवासीका लागि सहयोगी बन्दै आएको हो । बाढीको कारण दोधाराको कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा बाढीको कारण उर्वरकभुमी समेत मरुभुमी बनाईदिएपछि अबका दिनहरुमा कसरी परिवार पाल्ने भन्ने थप चिन्ता स्थानियहरुमा छ् ।








