दोधारा । एक साता अघि आएको बिनासकारी बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा क्षतबिक्षत बनाएपछि अहिले आएर स्थानियहरु बिरामी पर्न थालेका छन् । बस्तीमा खानेपानीको ह्याण्ड पाईप र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भईसकेको अवस्थामा तीनै मुहानका पानी खान बाध्य तथा चारैतिर बाढीले डुबान गरेको अवस्थामा दिसापिसाब व्यवस्थापन गर्न नसक्दा बाढी प्रभावितको गाँउ बस्तीमा विभिन्न रोगको संक्रमण देखिएपछि गुरुकुल ईन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन महेन्द्रनगरका संचालक तथा सामाजसेवी भिम कुमालको आर्थिक सहयोग, आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीको प्राबिधिक सहयोग, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीको प्रयोगशाला सहयोगमा बाढी ग्रस्त बस्तीमा हिजो देखि निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको सामाजसेवी भिम कुमालले बताएका छन् । हिजो झण्डै ३ सय जना स्थानियहरुले स्वास्थ्य जाँच संगै उपचार गराएका छन भने आज बिहान र बेलुका गरि ५ सय जना बाढी ग्रस्तका स्थानियहरुले स्वास्थ्य परिक्षण पछि उपचार गरि औषधी पाएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/dodhara-chandani.jpg)
स्वास्थ्य समस्या देखिएको कारण उक्त बस्तीहरुमा गुरुकुल ईन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन महेन्द्रनगरका संचालक तथा सामाजसेवी भिम कुमालको आर्थिक सहयोग, आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीको प्राबिधिक सहयोग, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीको प्रयोगशाला सहयोगमा हिजो देखि निशुल्क स्वास्थय शिविर संचालन गरिएको महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीले बताएका छन् । बाढी प्रभावित गाँउ बस्तीमा झाडापखाला, ज्वरो, टाईफाइड, रुघाखोकी लगाएतका बिरामी बढी देखिएको डाकटर गगन चौधरीले बताएका छन् । ब्यक्तीगत सहयोगमा निशुल्करुपमा स्वास्थ्य शिविर संचालन गरि पिडामा रहेका सथानियहरुलाई सहयोग गरेको भन्दै स्थानियहरुले सामाजसेवी भिम कुमाल, डा. गगन चौधरी, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्री लगाएत टोलीलाई धन्यबाद दिएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण देखि बाढीको पिडा सम्म ब्यक्तीगतरुपमा सहयोग गर्दै आएका सामाजसेवी भिम कुमाल र डा. गगन चौधरीलेको स्थानियहरुले गुनगान गाएका थिए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Krishnapur.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)