दोधाराको बाढी ग्रस्त बस्तीमा निशुल्क स्वास्थ्य सेवा दिदै सामाजसेवी कुमाल र आरोग्य मेडिकेयरका डाक्टर चौधरी

दोधारा । झण्डै तिन सय बढी घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोल लगाएत टोलमा महाकाली र जगबुडा नदीमा आएको बाढीको कारण नदीको भंगालो बस्तीमा पसेपछि उक्त बस्तीहरुमा बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन् । दोधारा चाँदनीको बाढीबाट प्रभावित बस्ती कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा अहिले बिरामीको संख्या ह्वात्तै बढेको छ । ति स्थानमा खानेपानीको ह्याण्ड पाईप र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भईसकेको अवस्थामा तीनै मुहानका पानी खान बाध्य तथा चारैतिर बाढीले डुबान गरेको अवस्थामा दिसापिसाब व्यवस्थापन गर्न नसक्दा बाढी प्रभावितको गाँउ बस्तीमा विभिन्न रोगको संक्रमण देखिएको तथा बिरामीको संख्या बढ्दै गएको स्थानीयवासी बताउछन् । बाढीको पानी कम भए संगै बाढी प्रभावित गाँउ बस्तीमा झाडापखाला, ज्वरो, टाईफाइड, रुघाखोकी लगाएतका बिरामी बढ्न थालेको आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीले बताएका छन् ।

स्वास्थ्यकर्मी तथा औषधी पुग्न नसकेको र बिरामीले उपचार र औषधी नपाएको पीडितले गुनासो गर्दै आएपछि गुरुकुल ईन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन महेन्द्रनगरका संचालक तथा सामाजसेवी भिम कुमालको आर्थिक सहयोग, आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीको प्राबिधिक सहयोग, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीको प्रयोगशाला सहयोगमा आफैं रकम संकलन गरेर स्वास्थ्य शिविर संचालन गरेका छन् । गुरुकुल ईन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन महेन्द्रनगरका संचालक तथा सामाजसेवी भिम कुमालको आर्थिक सहयोग, आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीको प्राबिधिक सहयोग, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीको प्रयोगशाला सहयोगमा आज दोधारा चाँदनी नगरपालिका वडा नं. १० बाढीग्रस्त क्षेत्रमा बाढी पिडितहरुका लागी स्वास्थ्य शिविर संचालन गरिएको सामाजसेवी भिम कुमालले जानकारी दिएका छन् । सामाजसेवी भिम कुमालले शिविर संचालनको लागी रु. ५० हजार बराबरको औषधी उपलब्ध गराएका छन् भने आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीको प्राबिधिक सहयोग, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीको प्रयोगशालाको सम्पुर्ण सहयोग गरेको बताईएको छ् । स्थानियबासी मोहन सुनारका अनुसार स्थानिय सरकारले नगरेको काम सामाजसेवी भिम कुमाल, डाक्टर गगन चौधरी र महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीले गरेको भन्दै खुशी प्रकट गरेका छन् । दोधारा चाँदनी नगरपालिका–१० को कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोल लगाएत टोलमा बाढीको कारण थुप्रै बिरामी पर्दै आएको बेला सामाजसेवी भिम कुमाल लगाएत टिमलाई बिशेष उनले धन्यबाद दिएका छन् ।

‘सरकारले हाम्रो स्वास्थ्य समस्या नबुझेको बेला ब्यक्तीगतरुपमा संचालन स्वास्थ्य शिविर संचालन गरेको सामाजसेवी भिम कुमाल, डाक्टर गगन चौधरी, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्रीलाई बिशेष धन्यबाद’ स्थानियबासी मोहन सुनारले भने– ‘उहाँहरुको कामको पाठ सरकारले सिकोस् ।’ पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका बढी प्रभावित हुन थालेका छन् । सामाजसेवी भिम कुमालले गएआईतवार आएको भिषण बाढीको कारण कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोल लगाएत टोलमा ठुलो धनजनको नोक्सानी हुनुको साथै बाढीले बिरामी बढ्दै गएको अवस्थामा डाक्टर गगन चौधरी, महाकाली प्याथोलोजी दोधारा चाँदनीका संचालक पवन खत्री तथा स्थानिय युवा मिथुन थापा, भक्त बहादुर सुनारको सहकार्यमा आफुहरुले बाढी ग्रस्त क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्ने योजना बनाएको हो । ‘शिविरमा सहयोग गर्ने सम्पुर्ण साथीहरुलाई धन्यबाद’ सामाजसेवी भिम कुमालले भने । भिम कुमाल बिगत लामो समय देखि दोधारा चाँदनी नगर क्षेत्रमा पिडामा रहेकाहरुलाई दिनदुखीहरुलाई सहयोग गर्दै आएका छन् । स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा रगत जाँच, निशुल्क औषधी बितरण गरिएको आरोग्य मेडिकेयर एण्ड डाइग्नोस्टिक सेन्टरका डाक्टर गगन चौधरीले बताएका छन् ।

ताजा समाचार